ताजा अपडेट »

एफईसी धनकोष सहकारीको आयोजनामा स्वास्थ्य शिविर

आइतबार, २७ जेठ २०८१, १० : १६
130 Shares
आइतबार, २७ जेठ २०८१
130 Shares

तिलोत्तमा । एफईसी धनकोष बचत तथ ऋण सहकारी संस्थाले मंगलापुरमा बृहत स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य सचेतना कार्यक्रममा वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ डा. अरूण ज्ञवाली तथा देवदह मेडिकल कलेजका डा. सन्तोष कंडेलले सहजीकरण गरेका थिए ।

शिक्षा उपसमितिका संयोजक बेदप्रसाद कंडेलले संयोजन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष तारानाथ कंडेलले शेयर सदस्य तथा कर्मचारीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गर्नका लागि कार्यक्रम गरिएको बताए । संस्थाका उपाध्यक्ष जेपी कंडेलले स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमहरु समयसमयमा गर्दै जानुपर्ने आवश्यकता औंल्याउँदै यसले मानिसमा चेतना र ज्ञानको विकास हुने बताए ।

कार्यक्रममा संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले सस्थाको गतिविधिका बिषयमा प्रकाश पारेका थिए । संस्थाका सचिव निरज कंडेलले स्वास्थ्य सचेतना कार्यक्रम निकै उपलव्धिमूलकम भएको बताए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।