ताजा अपडेट »

उत्कृष्ट लुम्बिनी बचत सहकारीको आयोजनामा अभिमुखीकरण

शनिबार, २६ जेठ २०८१, १७ : २५
46 Shares
शनिबार, २६ जेठ २०८१
46 Shares

भैरहवा । उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.सिद्धार्थनगर-७, रुपन्देहीको आयोजनामा सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । शनिबार भैरहवामा भएको तालिमको उद्घाटन तथा सहजीकरण सिद्धार्थगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले गरेका थिए ।

सो अवसरमा बोल्दै सहकारीका अध्यक्ष खिम बहादुर खत्रीले संस्थाको वार्षिक कार्ययोजना अनुसार तालिमको आयोजना गरिएको बताए । उनले भने, ‘सहकारीमा शेयर सदस्यहरुले कसरी योगदान गर्न सक्नुहुन्छ ? शेयर सदस्यहरुको संख्या कसरी वृद्धि गर्न सकिन्छ ? लगायत सहकारीका विषयमा विस्तृत रुपमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।’ उनले उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्थालाई अब्बल सहकारीको रुपमा स्थापित गर्न लागिपरेको बताए । अध्यक्ष खत्रीले देशको आर्थिक स्थिति जर्जर अवस्थामा पुगेको र केही सहकारीका गलत क्रियाकलापका कारण सहकारीहरु मर्कामा परेको बताए ।

त्यस्तै सहकारीका सचिव अनिल कुमार ज्ञवालीले बढी ब्याज पाउने लोभमा सहकारीको बारेमा नबुझी पैसा जम्मा नगर्न आग्रह गरे । उनले भने, ‘हजुरहरुको पैसा सुरक्षित छ कि छैन । त्यसतर्फ ध्यान दिनुपर्छ ।’ कार्यक्रममा १२५ जनाको उपस्थिति रहेको तालिम संयोजक तथा सहकारीको शिक्षा उपसमिति संयोजक कृष्ण प्रसाद पोखरेलले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।