ताजा अपडेट »

डा. शेखर कोइरालाको प्रश्न- प्रधानमन्त्री जाने दिन राजदुत फिर्ता संयोग की नियत ?

शनिबार, २६ जेठ २०८१, १६ : ३५
74 Shares
शनिबार, २६ जेठ २०८१
74 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रश्न गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको बताएका छन् ।

उनले भनेका छन्- 'लामो घनिष्ठ सम्बन्ध, ब्यापारको झण्डै दुईतिहाई हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदुत, त्यो देशमा नवनिर्वाचित सरकारको सपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत ? दुरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन् ।' सरकारले भारत र अमेरिकालगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।