ताजा अपडेट »
टी–२० विश्वकप

टेस्ट राष्ट्र आयरल्यान्डलाई क्यानडाले १२ रनले हरायो

शनिबार, २६ जेठ २०८१, ०१ : ०४
66 Shares
शनिबार, २६ जेठ २०८१
66 Shares

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा एसोसियट राष्ट्र क्यानडाले टेस्ट टोली आयरल्यान्डविरुद्ध रोमाञ्चक १२ रनको जित निकालेको छ । शुक्रबार न्यूयोर्कमा भएको खेलमा क्यानडाले प्रस्तुत गरेको १३८ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्डले निर्धारित २० ओभरमा  सात विकेट गुमाएर १२५ रनमात्र बनायो।

क्यानडालाई जितका निकाल्नका लागि अन्तिम ओभरमा १७ रनको आवश्यकता थियो । अन्तिम ओभरमा बलिङका लागि आएका जेरेमी गोर्डोनले एक विकेट लिदै चार रनमात्र खर्चिएपछि क्यानडाले टेस्ट राष्ट्रविरुद्ध १२ रनको रोमाञ्चक जित निकालेको हो ।आयरल्यान्डका मार्क अडायरले सर्वाधिक ३४ रन बनाए पनि टिमलाई हार बाट जोगाउन सकेनन् । जर्ज डक्रेलले ३० रन थप्दा एन्डी बिलबर्नीले १९ र लोर्कान टकरले १० रन मात्र थपे ।

खेलमा क्यानडाका जेरेमी गोर्डोन र दिलोन हाइलिजरले समान दुई विकेट लिए भने जुनैद सिद्दिकी र साद बिन जफर ले समान एक विकेट लिए । त्यस अघि टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १३७ रनको योगफल खडा गरेको थियो ।क्यानडाका निकोलस किर्टोनले सर्वाधिक ४९ रन बनाए ।

उनि एक रनले अर्धशतक बनाउन बाट चुके । उनले ३५ बलको सामना गर्दै तीन चौका र दुई छक्का प्रहार गरे । श्रेयस मोभ्वाले ३७ रन थप्दा पर्गत सिंहले १८ र आरोन जेम्सले १४ रन जोडे । 

आयरल्यान्डका बेरी म्याकार्थी र क्राइग योङले समान दुई विकेट लिए । मार्क अडायर र ग्यारेथ डेलानीको नाममा एक–एक विकेट रह्यो । प्रतियोगितामा पहिलो जित निकालेको क्यानडा दुई अंकसहित समूह ‘ए’को तेस्रो स्थानमा उक्लिएको छ । क्यानडा यसअघि पहिलो खेलमा अमेरिकासँग सात विकेटले पराजित भएको थियो ।

लगातार दोस्रो हार बेहोरेको आयरल्यान्ड तालिकाको पुछारमा छ । यसअघि पहिलो खेलमा आयरल्यान्डले भारतसँग आठ विकेटको हार चाखेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।