बुटवल । नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ । जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएपनि मतदाता नामावलीमा देखिएको विवाद समाधान हुन नसकेकाले उक्त मितिमा मतदान नहुने भएको हो ।
मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया