ताजा अपडेट »

बुटवलको श्रवणपथस्थित औषधीको पसलमा आगलागी

विहीबार, २४ जेठ २०८१, २३ : ३६
1.51K Shares
विहीबार, २४ जेठ २०८१
1.51K Shares

बुटवल । बुटवलको श्रवणपथ स्थित औषधीको थोक पसलमा विहिबार साँझ लागेको आयो नियन्त्रणमा आएको छ । साढे ९ बजे लागेको आगो करिब १ घण्टाको प्रयासमा नियन्त्रणमा आएको हो ।

स्थानीय तथा इलाका प्रहरी कार्यालय बुटवलका जवानहरुले बुटवल उपमहानगरपालिकाको दुईवटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएका थिए । औषधीको थोक कारोबार गर्ने आदर्श डिस्ट्रीब्यूटर्समा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

पसलको सटर फोडेर आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज डीएसपी विजयराज पण्डीतले बताए । सर्जिकल र केमिकलको थोक बिक्रेता रहेको पसलका अधिकांस सामान जलेर नष्ट भएको उनले बताए ।

पसलको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ । पसल संचालक बुटवलदेखि बाहिर रहेको बुझिएको र उनी आएपछि बिल बिजकका आधारमा क्षतिको विवरण संकलन गरिने डीएसपी पण्डितले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।