ताजा अपडेट »

एमाले रुपन्देहीको १० औं अधिवेशन : भैरहवामा बन्दसत्र सुरु

विहीबार, २४ जेठ २०८१, ०९ : ५५
156 Shares
विहीबार, २४ जेठ २०८१
156 Shares

भैरहवा । नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेसनको बन्दसत्र शुरु भएको छ । बिहिवार बिहानैदेखि शुरु भएको बन्दसत्रमा जिल्लाभरिबाट ८५७ जना प्रतिनिधि  र पर्यबेक्षक गरि १ हजार बढी बन्दसत्रको हलमा उपस्थित रहेको पार्टीका प्रचार विभाग प्रमुख हितराज पन्थिले बताए ।

पार्टीका जिल्ला उपसचिव समेत रहेका प्रचार विभाग प्रमुख पन्थिका अनुसार पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र के.सीले राजनैतिक प्रतिवेदन पेश गरेका छन् । अध्यक्ष के.सीले पेश गरेको राजनैतिक प्रतिवेदनमा रुपन्देही जिल्लामा एमालेको जनधार सबैभन्दा बलियो भएको तथ्य पेश गरेका छन् । जिल्लामा क्रियाशिल पार्टीहरुको विश्लेषण गर्दै केसीको प्रतिवेदनमा राष्ट्रिय हित र स्वाभिमानको पक्षमा दृढतापुर्वक उभिन समेत आह्वान गरिएको छ । यसैगरि प्रतिवेदनमा भ्रष्टाचारको बिरुद्धमा  निमर्मतापुर्वक लाग्न सबैलाई आग्रह समेत गरेको गरिएका छ ।

uml banda satra

प्रतिवेदन प्रस्तुत गर्दै नेपाली कांग्रेसलाई प्रमुख प्रतिसपर्धि मानिएको छ । बन्दसत्रको अध्यक्ष मन्डलको संयोजक पोलिटब्युरो सदस्य तथा जिल्ला ईन्चार्ज दल बहादुर राना र सदस्यहरु पोलिटक्युरो सदस्य दधिराम न्यौपाने, केन्द्रीय सदस्य भुमिश्वर ढकाल, केन्द्रीय सदस्य सावित्रा अर्याल, केन्द्रीय सदस्य गोमा आचर्य, केन्द्रीय सदस्य कमल गौतम र प्रदेश कमिटि उपाध्यक्ष भोजप्रसाद श्रेस्ठ रहेका छन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।