ताजा अपडेट »
मधेश प्रदेश सभा

मधेषका मुख्यमन्त्री सरोज यादवलाई प्रदेश सभाको अविश्वास, साढे ६ वर्षपछि ढल्यो मधेषमा जसपाको सत्ता

बुधबार, २३ जेठ २०८१, २१ : ५९
62 Shares
बुधबार, २३ जेठ २०८१
62 Shares

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभामा मागेको विश्वासको मत बहुमतले अस्वीकृत भएको छ । विश्वासको मत बहुमतले अस्वीकृत भएसंगै साढे छ वर्ष पछि जसपा नेपालको सत्ता मधेष प्रदेशमा ढलेको छ । मुख्यमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ५० जना प्रदेश सभाका सदस्यहरूको मत परेको थियो भने विपक्षमा ५३ जना प्रदेश सभा सदस्यहरूको मत परेको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका थिए। 

मुख्यमन्त्री यादवले मागेको विश्वासको पक्षमा जनता समाजवादी पार्टी नेपालका १९ जना, नेपाली काँग्रेसका २२ जना, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ८ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका थिए ।  यसै गरि मुख्यमन्त्री यादव माथि विश्वास छैन भन्ने पक्षमा नेकपा एमालेका २५ जना, जनमत पार्टीका १३ जना, नेकपा माओवादी केन्द्रका ९ जना, नेकपा एकीकृत समाजवादी पार्टीका ७ जना गरेर ५३ जनाको मत परेको छ ।

एमालेका सभामुख भएकाले उनले मतदानमा भाग लिएनन् । केन्द्रमा सत्ता परिवर्तन भएको केही समयपछि मधेश प्रदेशका मुख्यमन्त्री यादव नेतृत्वको सरकार १७ महिना पछि पाँचौँ पटक प्रदेश सभामा विश्वासको मत मागेपछि वैधानिक रुपमा अस्वीकृत भएर जसपा नेतृत्वको सरकार पूर्ण रुपमा नै अल्पमतमा परेको छ । मुख्यमन्त्रीको विपक्षमा गठबन्धन बनेका दलहरूका बीचमा यस अघि नै मुख्यमन्त्रीको विषयमा सहमति भइसकेको छ ।

जनमत पार्टीका संसदीय दलका नेता महेशलाल यादवको नेतृत्वमा मधेश प्रदेशमा नयाँ सरकार गठन हुने निश्चित भएको छ ।  यस अघि मुख्यमन्त्रीले विश्वासको मत अस्वस्थताको कारण देखाउँदै जेठ २८ गते लिने पत्र प्रदेश सभामा पठाएपछि सभामुख रामचन्द्र मण्डलले कार्यसूची संशोधन गर्न नमानेपछि करिब पानै सात बजे तीर मुख्यमन्त्रीले विश्वासको मत प्रदेशसभाबाट मागेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।