ताजा अपडेट »

यस पटक काँग्रेसलाई प्रतिपक्षमै बसेर निर्वाचन लड्दा कस्तो हुन्छ महशुस गराउछौं : पौडेल

बुधबार, २३ जेठ २०८१, १७ : १८
126 Shares
बुधबार, २३ जेठ २०८१
126 Shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले वर्तमान सत्ता समीकरण २०८४ को निर्वाचनसम्मनै कायम रहने दाबी गरेका छन् । नेपाली काँग्रेस प्रतिपक्षमा बस्नुपर्दा बेचैनी महशुस गरिरहेको  बताउँदै पौडेलले यस पटक काँग्रेसलाई प्रतिपक्षमा बसेर निर्वाचन लड्दा कस्तो हुन्छ महशुस गराउने बताए ।

हालसम्म काँग्रेसले प्रतिपक्षमा बसेर चुनाब लडेको ईतिहास नभएको बताउँदै उनले यस पटक २०८४ को चुनावमा उसलाई प्रतिपक्षमै राखेर निर्वाचन गरी त्यसको महशुस गराउने उल्लेख गरे । "नेकपा एमालेले धेरै पटक प्रतिपक्षमा बसेर चुनाव लडेको छ । काँग्रेसले त्यसको महशुस गरेको छैन । तर, यस पटक उसले महशुस गर्नेछ। यो सत्ता समीकरण २०८४ सम्मनै कायम रहेर एमालेले बहुमतको सरकार बनाउने छ ।"- पौडेलले भने ।  वर्तमान गठबन्धन निरन्तरताको दाबी गर्दै उनले काँग्रेसका केही नेताहरुले 'छ महिनापछि सरकारको काँध थाप्नु पर्ने स्थिती आउन सक्छ'-भन्नू कुनै व्यक्तिको सपना हुन सक्ने तर, सम्भव नभएको दाबी गरे ।

नेकपा एमाले रुन्देहीको आजदेखि भैरहवामा सुरु भएको १० औं जिल्ला अधिवेशनको अवसरमा बोल्दै पौडेलले मिसन ८४ भनेकै एमालेको बहुमतको सरकार भएको दाबी गरे । 'नयाँ आवस वा पुरानो आवस कसैले केही गर्दैन, काम गर्ने एमालेलेनै हो । मुलुको समृद्धिका लागि एमालेसँग योजना छ ।'- पौडेलले भने ।

उपाध्यक्ष पौडेलले एमाले रुपन्देहीलाई सहमतीमा नेतृत्व चयन गर्न निर्देशन गरेका छन् । चुनावले सबै कुराको समाधान गर्न नसक्ने बताउँदै उनले सहमतिमा अघि बढ्न नर्देशन गरेका छन् । 

त्यस्तै पार्टीका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले मुलुकमा भएको उपलब्धीको जग र आधार एमाले भएको दावी गरे । उनले एमाले जनताको आशा र भरोसाको पार्टी भएको बताए ।

एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले मुलुकको विकासको बाधक राजनीतिक अस्थिरता भएको बताइन् । उनले मुलुकको राजनीतिक कोर्स परिवर्तन भएको बताइन् ।
पार्टीका पोलिटव्यूरो सदस्य तथा रुपन्देही इञ्चार्ज दल बहादुर रानाले जनप्रतिनिधि र पार्टी कार्यकर्ताबीच समन्वय र सहकार्य बढाउनुपर्ने बताए ।

एमाले पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष लिला गिरीले एमालेविरुद्ध तमाम पार्टीको गठबन्धन हुँदा पनि एमाले सफल भएको दावी गरे । 

पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले एमाले सबैभन्दा ठूलो र लोकप्रिय पार्टी भएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।