ताजा अपडेट »

सभामुखको उपस्थितिमा सहकारी ठगि छानबिन संसदीय समितिको पहिलो बैठक

बुधबार, २३ जेठ २०८१, १४ : ५७
92 Shares
बुधबार, २३ जेठ २०८१
92 Shares

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज शुरु भएको छ ।

समितिको पहिलो बैठक आज सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा शुरु भएको हो । सहकारी ठगि प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरेपछि यहि जेठ १५ गते एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो । 

७ सदस्यीय समितिमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।