ताजा अपडेट »
आईसीसी टी-२० विश्वकप

कसिलो बलिङका बाबजुद नेदरल्याण्डससँग नेपाल ६ विकेटले पराजित

बुधबार, २३ जेठ २०८१, ०१ : ३८
292 Shares
बुधबार, २३ जेठ २०८१
292 Shares

बुटवल । आईसीसी टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्यान्डसले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

कसिलो बलिङका बाबजुद नेपालले विकेट लिन नसक्नु तथा ४ वटा क्याच छुटाउनु नै दुर्भाग्य बन्न पुग्यो । नेदरल्यान्डसका म्याक्स ओडाउडले अर्धशतक प्रहार गरे । म्याक्स ५४ रनमा अविजित रहे । बिक्रमजित सिंहले २२ रनको योगदान दिए । बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनास बोहराले एक/एक विकेट लिए ।

१२ बलमा १३ रन आवश्यक रहेकोमा म्याक्सले १९ औ ओभरको पहिलो र दोस्रो बलमा लगातार चौका र छक्का प्रहार गरेका थिए । तेस्रो बलमा एक रन र चौथो बलमा चौका प्रहार गर्दै नेदरल्यान्डस्ले जित पक्का गर्यो ।

यसअघि अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर २ बलमा १०६ मा समेटिएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोडेका थिए । १० रन जोड्दा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले १५ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको थियो ।

आसिफ ४ र कुशल ७ रन बनाएर आउट भए । अनिल साह ११, कुशल मल्ल ९ र दीपेन्द्र १ रनमा आउट भए । सोमपाल कामी ०, गुल्सन झा १४ र करन केसीले १७ रन जोडेर आउट भए ।

बलिङमा नेदरल्यान्डसका टीम प्रीङल र लोलन भान विकले ३/३ विकेट लिए । पाउल भान मिर्केन र बास डी लेडीले २/२ विकेट लिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।