ताजा अपडेट »

लुम्बिनी प्रदेशका स्थानीय सरकारमा बेरुजुको चाङ : २४ अर्ब फर्स्यौट गर्न बाँकी

मंगलबार, २२ जेठ २०८१, १६ : ३३
258 Shares
मंगलबार, २२ जेठ २०८१
258 Shares

बुटवल । लुम्बिनी प्रदेशका स्थानीय सकारमा बेरुजुको चाङ देखिएको छ । महालेखा परीक्षकको कार्यालयले मँगलबार प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको प्रतिवेदन अनुसार स्थानीय सरकारमा २४ अर्ब २४ करोड १० लाख ४७ हजार बेरुजु देखिएको हो ।

यो तथ्याङ्कले स्थानीय सरकारमा आर्थिक अनियमितता बढेको संकेत गर्छ । महालेखाको छैटौं प्रतिवेदन अनुसार यो वर्ष ४ अर्ब ४८ करोड ९३ लाख १ हजार बेरुजु थपिएको हो । यसअघि १९ अर्ब ७५ करोड १७ लाख ४६ हजार बेरुजु रकम रहेको थियो । १०९ स्थानीय सरकार रहेको लुम्बिनी प्रदेशमा ४ वटा उपमहानगर, ३२ नगरपालिका र ७३ गाउँपालिका रहेका छन् ।

यसैगरी लुम्बिनी प्रदेश सरकार र सरकारी कार्यालयहरुको बेरुजु रकम पनि यस वर्ष बढेको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९÷८० फर्स्यौट गर्नु पर्ने बेरुजु बढेर १ अर्व १२ करोड ६३ लाख ४५ हजार पुगेको छ । यो तथ्याङ्क गतवर्षभन्दा ३१ दशमलव ४८ प्रतिशतले बढी हो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।