ताजा अपडेट »

पत्रकार महासंघको निर्वाचन एक साता पछि सर्ने

मंगलबार, २२ जेठ २०८१, १२ : ३९
156 Shares
मंगलबार, २२ जेठ २०८१
156 Shares

काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव एक सतापछि सर्ने भएको छ । जेठ २६ गते हुने भनिएको चुनाव मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण सर्ने भएको हो । जेठ ३१ वा ३२ गते चुनाव हुने गरी नयाँ कार्यतालिका बनाउने तयारी भएको महासंघका अपाध्यक्ष उदय जीएमले जानकारी दिएका छन् ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकमा भएको छलफल अनुसार चैत २६ गते हुने चुनाव सर्ने देखिएको महासंघका उपाध्यक्ष जीएमले बताए । सदस्यता सुद्धिकरणका विषयमा सोमबार साँझसम्म मोटामोटी सहमती जटे पनि नामावली प्रकाशन गर्न फरक परेपछि पत्रकार संगठनहरुले निर्णय सच्याउन माग गरेका छन् ।

जिल्लाबाट सर्वसम्मतिमा आएका नामावलीलाई यथावत् राख्ने र कुनै नाममाथि उजुरी परेको छ वा विवाद छ भने त्यसलाई महासंघले गठन गरेको समितिले सच्याएर निर्वाचन समितिलाई बुझाउने सहमति बनेको उपाध्यक्ष जीएमले बताए ।

महासंघको सदस्य शुद्धीकरणबारे अध्ययन गर्न सुरुमा धर्मेन्द्र कर्णको नेतृत्वमा समिति गठन भएको थियो । सो कमिटीलेपछि पुन महासंघका महासचिव रोशन पुरीको नेतृत्वमा अर्को समिति बनेको थियो । सो समितिले पनि छानबिन गरी तयार गरेको नामावलीमा विवाद उत्पन्न भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।