ताजा अपडेट »
दुर्घटना

ग्यास लिक हुँदा भारतमा एकै परिवारका पाँच नेपालीको मृत्यु

मंगलबार, २२ जेठ २०८१, १० : ५३
476 Shares
मंगलबार, २२ जेठ २०८१
476 Shares

बैंग्लोर । खाना पकाउने ग्याँस लिक हुँदा जलेर भारतको बैंग्लोरमा पाँच नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको जयपृथ्वी नगरपालिकाका–११ सुइलका एकै परिवारका पाँच जना रहेको खुलेको छ ।

मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ सुइलका मदन बोहरा, उनकी श्रीमती प्रेमजला बोहरा, छोरा प्रशान्त, छोरीहरू अनिता र निताको मृत्यु भएको हो । जलेर गम्भीर घाइते भएका ती पाँचै जनाको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन् ।

गत बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा ग्याँस लिक भएर आगलागी भएको बताइएको छ । झ्याल नभएको कोठामा बसिरहेका उनीहरूको कोठामा ग्याँस लिक भएको थियो । सलाई बाल्ने क्रममा सबै जना एक्कासी आगोको लपेटामा परेका थिए । लगत्तै पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।

सोमबार बिहान घाइतेमध्ये छोरी निता बोहरा र बुवा मदन बोहराको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो । ३० वर्षीया प्रेमजलाको भने शनिबार साँझ मृत्यु भएको थियो । आठ वर्षीया छोरी अनिता र साढे चार वर्षका छोरा प्रशान्तको पनि त्यसभन्दा अघि नै मृत्यु भएको थियो ।

न्यून आर्थिक अवस्थाका ३२ वर्षीय मदन गाउँमा जिविका चलाउन गाह्रो भए पछि विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए । मदन बेंग्लुरुको एउटा अपार्टमेन्टमा चौकीदारको काम गरिरहेका थिए भने उनकी श्रीमतीले स्थानीयको घरमा सरसफाईको काम गर्दै छोराछोरीहरूलाई त्यहीको स्थानिय विद्यालयमा पढाइरहेका थिए ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले घटनाबारे राजदूतावासले स्थानीय प्रहरीसँग समन्वय गरेको र नेपालमा परिवारका सदस्यलाई खबर पठाइएको बताए । मृतकको शव व्यवस्थापनमा बेंग्लोरस्थित नेपाली समुदाय र राजदूतावास मिलेर अगाडि बढ्ने उबताएका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।