ताजा अपडेट »

टी-२० विश्वकपमा अफगानिस्तानको विजयी सुरुवात

मंगलबार, २२ जेठ २०८१, १० : १९
156 Shares
मंगलबार, २२ जेठ २०८१
156 Shares

बुटवल । आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले विजयी शुरुवात गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा युगान्डालाई १२५ रनले हराउँदै अफगानिस्तानले सानदार विजयी शुरूआत गरेको हो । 

अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछ्याएको युगाण्डा १६ ओभर खेलेर ५८ रनमै अलआउट भयो । युगान्डाका लागि कुनै पनि ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन् । रोबिनसन ओबुयाले २५ बलमा १४ रन जोडे भने रियाजत अली शाहले ३४ बलमा ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अफगानिस्तानका फजहलहक फारुकी एक्लैले ५ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले ९ रन मात्र खर्चिए । नवीन उल हक र रासिद खानले २/२ विकेट लिए भने मुजिब उर रहमानले १ विकेट लिए ।

यसअघि टस जितेपछि युगान्डाका कप्तान ब्रियन मासाबाले अफगानिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८३ रनको योगफल खडा गरेको थियो । अपोनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानको शतकीय साझेदारीको मद्दतले अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो । दुई ओपनरले पहिलो विकेटका लागि १ सय ५४ रनको साझेदारी गरे ।

गुरबाजले ४५ बलमा ७६ रन बनाए । अर्का ओपनर जादरानले ४६ बलमा ७० रन जोडे । त्यसपछि मोहम्मद नाबीले १६ बलमा १४ रन बनाउनबाहेक अन्य ब्याटरले खुलेर रन बनाउन सकेनन् । 

युगान्डाका लागि ब्रायन मसाबा र कोसमास केवुटाले २/२ विकेट लिए भने अल्पेस रामजानीले १ विकेट हात पारे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।