ताजा अपडेट »
भारतिय निर्वाचन

सिक्किममा 'सिक्किम क्रान्तीकारी मोर्चा' को ऐतिहासिक जित, ३२मा ३१ सिट जित्यो

पवन चाम्लिङ यूगको अन्त्य, गोले यूगको सुरुवात

सोमबार, २१ जेठ २०८१, २३ : २७
306 Shares
सोमबार, २१ जेठ २०८१
306 Shares

सिक्किम । नेपालसँग सीमा जोडिएको भारतको  पूर्वोत्तर राज्य सिक्किमको ईतिहासमा सबै भन्दा धेरै समय सत्ताको बागडोर सम्हालेका सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङलाई यसपालिको चुनावसँग ठूलो आशा थियो ।

उनि लगातार २५वर्ष सिक्किमको सत्ताको बागडोर सम्हालेर एक कार्यकाल मात्र सत्ताबाहिर रहेका थिए । यसपालीको चुनावले आफूलाई पुनः सिक्किमको सासन सत्तामा फर्काइदिने ठुलो अपेक्षा उनले पनि गरेका थिए । सत्तामा पुनरागमनका लागि यसपालीको चुनावमा उनले कुनै कसर बाकी राखेका थिएनन् ।

तर, आइतबार सार्वजनिक सिक्किमको बिधानसभा निर्वाचन नतिजाले भने उनि र उनको पार्टी सिक्किम डेमोक्रेटीक फ्रन्ट (एसडीएफ) लाई ऐतिहासिक हार दिलाएको छ ।सिक्किमे जनताले उनि र उनको पार्टीलाई निराश तुल्याएका हुन । सिक्किम डेमोक्रेटीक फ्रन्ट (एसडीएफ) उनकै पूर्वसहकर्मी प्रेमसिंह तामाङ (पीएस गोले)को पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) संग नराम्रा्े संग पराजीत भएको हो । 

उअ

३२ सिटका लागि भएको बिधानसभा निर्वाचनमा ३१ सिट जित्दै वर्तमान मुख्य मन्त्री पिएस गोलेको पार्टी सिक्किम क्रान्तीकारी मोर्चा (एसकेएम) ले नया ईतिहास बनाएको हो । एसकेएमले ३२ मध्ये ३१ जित्दै ५८ प्रतिशत मत प्राप्त गरेको छ । यो हार संगै पवन चाम्लिङको एसडीएफ पार्टी सिक्किमबाट बढारिएको छ ।

सिक्किम विधानसभाका ३२ मध्ये चाम्लिङको सिक्किम डेमोक्रेटीक फ्रन्ट (एसडीएफ)लाई मात्र १ सिटमा चित्त बुझाउनु पर्यो । उसले अघिल्लो पटकको निर्वाचनमा जितेका १४ सिट पनि जोगाउन सकेन । ३२ सिटको बिधासभामा ३१ सिट जित्दै पिएस गोलेले दोस्रो पटक सिक्किमको मुख्यमन्त्री पद सुनिश्चित गरेका हुन ।

सिक्किमको यो नतिजाले धेरै मानिसहरु चकित परेका छन । अघिल्लो कार्यकालमा मात्रै गठन भएको तथा १ पटक मात्र सिसक्कमको सासन सत्ता चलाएको पार्टीले २५वर्ष लामो सत्तामा रहिसकेको चाम्लिङको पार्टीलाई यसरी बढार्लान भन्ने अनुमान कमैले मात्र गरेका थिए ।  चुनावअघि यि दुई पार्टी बिच कडा टक्कर हुने सक्ने आकलन राजनितिक पण्डीतहरुको थियो ।  चुनाव अगाडी दुबै पार्टी एकअर्काविरुद्ध आरोप प्रत्यारोपमा खुलेरै उत्रिएका थिए ।

गोलेको लहरः
वर्तमान मुख्यमन्त्री पीएस गोले पहिले चाम्लिङकै पार्टी एसडीएफका असन्तुष्ट नेता थिए । उनले  सन २०१३ मा उक्त पार्टी छाडेका हुन । पार्टीभित्र नातावाद कृपावादका विषयमा पवन चाम्लिङसंग उनको मनमुटाव चलिरहेको थियो ।

त्यतीबेला चाम्लिङलाई बुझाएको आफ्नो राजीनामा पत्रमा समेत गोलेले पार्टी चाम्लिङको ‘निजी सम्पत्ति नभएको’ उल्लेख गरेका थिए । सिक्किमे जनतालाई नातावाद, कृपावाद, साम्प्रदायिकता र शोषणबाट जोगाउन एसडीएफ स्थापना गरिएको तर, तपाईंको नेतृत्वमा यो पार्टी तपाईंको र शोषकहरूको मात्र स्रोत बन्यो भन्दै उनले लेखेका थिए । उनले चाम्लिङको शासन भ्रष्टाचारको आहालमा डुबेको आरोप समेत लगाएका थिए । 

ps

पार्टी छाडेपछि गठन गरेको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) बाट उनले २०१४ को चुनाव लडे । दुई सिटमा उठेका उनी एक सिटमा हार ब्योहोरे । उनको पार्टीले १० सिट मात्र जित्यो । २०१९को बिधानसभा निर्वाचनमा उनले १७ सिट जित्दै पार्टीलाई आवस्यक बहुमत दिलाए र सिक्किममा चाम्लिङको शासनको अन्त्य गरे । 

यसपालीको चुनावमा एसकेएमको मुख्य उपलब्धि भनेको चुनाव क्षेत्रपिच्छे पार्टीलाई बढेको मत प्रतिशत हो । यो चुनावले सिक्किममा अब गोले लहर चलेको देखाउँछ । रेन्चोक क्षेत्रमा गोलेले ६४.५४ प्रतिशत मतका साथ जित हासिल गरे । बहुसंख्यक बासिन्दा उच्च जातका रहेको यस क्षेत्रमा २०१४ मा हेमेन्द्र अधिकारी तथा २०१९को निर्वाचनमा विष्णुकुमार शर्माले जितेका थिए ।

त्यसैले, यसपालि गोलेले यहाँबाट उठ्ने घोषणा गर्दा उनले जोखिम मोलेको धेरैको विश्लेषण थियो । उनी उठेको अर्को क्षेत्र सोरेङ चाकुङमा पनि उनले ७२ प्रतिशत मत प्राप्त गरे ।

जितको कारणः
२०१९ देखि २०२४ सम्म शासन गर्दा गोलेले रोजगारीको क्षेत्रमा राम्रा काम गरेर जनताको मन जितेका थिए । मुख्यमन्त्रीका रुपमा उनले हजारौँ रोजगारी वितरण गरेका थिए । अस्थायी कर्मचारीलाई स्थायी गरेका थिए र स्थायी नोकरीमा भएकाहरूलाई पनि बढुवा गरेका थिए । त्यसका साथै, यो निर्वाचनमा सिटिजन एक्सन पार्टी र भारतीय जनता पार्टीले पनि केही मत प्राप्त गरेका छन । उनीहरूले चाम्लिङको पार्टी एसडीएफ को मत काटेको हुनाले पनि एसडीएफ धेरै ठाउँमा पराजित भएको आलकन पनि गरिएको छ । 

यो ऐतिहासिक जितपछि गोलेले जनताको माया र विश्वासका कारण यति ठूलो जित हात पारेको बताएका छन । आउँदो पाँच वर्षमा सिक्किमका जनतालाई सत प्रतिशत दिने उनले बाचा गरेका छन । आफ्नो पार्टीलाई बलियो बन्न सघाएको भन्दै उनले विपक्षी चाम्लिङको पार्टीलाई समेत  धन्यवाद दिएका छन ।

सिक्किममा नयाँ युगः

यो चुनावले सिक्किममा १९९४ मा सुरु भएको पुरानो युगको अन्त्य गरेको छ । १९९४ मा चाम्लिङ सिक्किमको सत्तामा आएका थिए । २०१९ मा चुनाव हारे पनि चाम्लिङको पार्टी यसरी बढारिएको थिएन । तर, यसपटक उनको पार्टी मात्र हारेन, आफू उठेका दुवै सिट बाट एसकेएमका उम्मेदवार भन्दा २० प्रतिशत कम मत ल्याउदै चाम्लिङ पनि पराजित भए । 

पवन चाम्लिङको पार्टीबाट चुनाव जित्ने एक मात्र उम्मेदवार तेन्जिङ नोर्बु  हुन । चुनाब अगाडी उनी पनि गोलेकै पार्टीका नेता थिए । चुनावमा पार्टीले टिकट नदिएपछि उनले एसकेएम छाडी एसडीएफ रोजेका थिए र त्यसैबाट चुनाब पनि जिते । भविष्यमा उनले पनि चाम्लिङको साथ छाडेर पुनःपुरानै पार्टीमा फर्के भने आश्चर्य मान्नु पर्नेछैन । त्यस्सो भयो भने सिक्किम सरकार विपक्षीविहीन हुनेछ । # एजेन्सी
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।