ताजा अपडेट »

सातौं संस्करणको साफ महिला च्याम्पियनसिप नेपालमा हुने

सोमबार, २१ जेठ २०८१, १९ : १६
148 Shares
सोमबार, २१ जेठ २०८१
148 Shares

बुटवल । सातौं संस्करणको साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा हुने भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले प्रतियोगिता नेपालमा हुने घोषणा गरेको हो ।

सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले साफ महिला च्याम्पियनसिप २०२४ को आयोजक नेपाललाई स्वीकृत गरेको हो । प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म काठमाडौंको दशरथ रंगशालामा हुने तय भएको छ ।

प्रतियोगितामा साफका सातै सदस्य संघको सहभागिता रहने जनाइएको छ । २०२२ मा भएको पछिल्लो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो । सो संस्करणमा नेपाल फाइनलमा बंगलादेश विरुद्ध पराजित भएको थियो । सो खेल बंगलादेशले ३–१ ले जितेको थियो । भारतले अहिलेसम्म पहिलो ५ संस्करण जितेको छ भने नेपाललाई चार पटक र बंगलादेशलाई एक पटक फाइनलमा हराएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।