ताजा अपडेट »

लुम्बिनीमा सरकार बिस्तार, माओवादीकी केसी बनिन् मन्त्री

सोमबार, २१ जेठ २०८१, १७ : ५६
322 Shares
सोमबार, २१ जेठ २०८१
322 Shares

काठमाडौं । लुम्बिनीमा सरकार विस्तार भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सोमबार माओवादी केन्द्रबाट निर्वाचित सांसद कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका हुन् । 

उनलाई आजै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छ्न ।  केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी दिइएको छ । यो सँगै लुम्बिनी सरकार १२ सदस्यीय बनेको छ । लुम्बिनीमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन १२ वटा मन्त्रालय पुर्‍याइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।