ताजा अपडेट »

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता (पूर्ण पाठसहित)

सोमबार, २१ जेठ २०८१, १५ : २८
138 Shares
सोमबार, २१ जेठ २०८१
138 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

‘व्यवसायिक कृषि ः लुम्बिनी प्रदेशको समृद्धि’-भन्ने मूल नारासहित यस पटकको नीति तथा कार्यक्रमले कृषि उत्पादनलाई जोड दिएको छ । कृषिको क्षेत्रमा विभिन्न सुधारका कार्यक्रम सार्वजनिक गर्दै नीति तथा कार्यक्रममा प्रदेश राजधानीमा पूर्वाधार निर्माणको कामलाई पूणता दिने विषयलाई समेत समेटिएको छ । स्थानीय तहको सहरीकरणमा कृषि भूमि बैंक नीति लागू गरिने, रोल्पा र प्युठान जिल्लामा अल्लो, गुल्मीमा गुड र कफी, नवलपरासीमा उखु र केरा, बर्दियामा चैते धान र मसुरो उत्पादनमा जोड दिइने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । 

यस्तै रुपन्देहीमा आलु, दाङमा तोरी र तरकारी, रोल्पा र रुकुममा स्याउ र वर्षे आलुलाई विशेष प्राथमिकता दिइएको छ। कपिलवस्तु र बाँकेमा भैँसी र माछा पालनमा जोड दिइएको छ । पर्यटन विकासका लागि रोल्पा, रुकुममा साहसिक खेल कार्यक्रम प्रवर्द्धन गरिने समेत जनाइएको छ । लुम्बिनीसँग जोडिएको देवदह, रामग्राम र तिरोकोटलाई सङ्घीय सरकारसँग सहकार्य गरेर थप पर्यटन आगमन गर्ने काम गरिने घोषणा समेत कार्यक्रममा गरिएको छ । 

यस्तो छ नीति तथा कार्यक्रमको पूर्ण पाठ :

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।