ताजा अपडेट »

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

सोमबार, २१ जेठ २०८१, १३ : २८
42 Shares
सोमबार, २१ जेठ २०८१
42 Shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक हजारले घटेर १ लाख ४१ हजार कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४० हजार ३०० पुगेको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेर चाँदी १८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।