ताजा अपडेट »

गुल्मी दुर्घटना अपडेट : मृतक र घाइतेहरुको पहिचान (नामावलीसहित)

सोमबार, २१ जेठ २०८१, ११ : २७
1.40K Shares
सोमबार, २१ जेठ २०८१
1.40K Shares

बुटवल । गुल्मीमा सोमबार विहान भएको जिप दुर्घटनामा परी मृत्यु हुने र घाइतेहरुको पहिचान खुलेको छ । दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।

प्रहरी चौकी पुर्तिघाटका अनुसार कालिगण्डकी गाउपालीका-४ ओक्याङ  स्थित भित्री कच्ची सडकमा चन्द्रकोटबाट  बुटवलका लागि छुटेको ग २ च ३२६२ नम्बरको बलेरो (डबल क्याप गाडी) आफै अनियन्त्रीत भई सडकदेखि अन्दाजी ४ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी सत्यवती गाउँपालीका-८ भार्से बस्ने ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको छ । 

सत्यवति-८ भार्सेकी ३७ वर्षीया रिता छन्तेल, उनकी छोरी ४ वर्षीया ईरिसा, ७५ वर्षीय टेक बहादुर कला र २३ वर्षीय मेख बराल गम्भीर घाइते भएका छन् । यसैगरी घाइतेहरु २६ वर्षीय अजय नेपाली, ४६ वर्षीय दुरपति बराल र  चालक २९ वर्षीय केशव रानाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि पाल्पा ल्याइएको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।