ताजा अपडेट »

गुल्मीदेखि बुटवल आउँदै गरेको जिप दुर्घटना, १ महिलाको मृत्यु

सोमबार, २१ जेठ २०८१, १० : ०७
10.88K Shares
सोमबार, २१ जेठ २०८१
10.88K Shares

बटवल । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । 

सोमबार बिहान गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

पुर्तिघाट प्रहरी चौकीका अनुसार गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइतेहरुलाई उपचारका लागि पाल्पा पठाइएको पुर्तिघाट प्रहरीले जानकारी दिएको छ । जिपमा चालकसहित ७ जना सवार रहेको प्रारम्भिक विवरणमा बताइएको छ । विस्तृत विवरण आउन बाँकी । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।