ताजा अपडेट »
अटोमोेबाईल लन्च

फ्रान्सेली ब्रान्ड सिट्रोनको ई-सीथ्री शाइन सार्वजनिक, मुल्य ३५ लाख ९९ हजार

आइतबार, २० जेठ २०८१, २२ : ३०
136 Shares
आइतबार, २० जेठ २०८१
136 Shares

काठमाण्डौं । फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिले ई-सीथ्री लाइन-अपको प्रिमियम मोडल सिट्रोन ई-सीथ्री शाइन आइतबार नेपाली बजारमा सार्वजनिक गरेको छ । 

उक्त कार हाल बिक्री हुँदै आएको फिल र लाइभ भेरिएन्टको तुलनमा नयाँ फिचरका साथ लोडेड रहेकोछ । नयाँ भेरिएन्टलाई कम्पनीले केही दिनयता सडकमा परिरक्षण गर्दै आएको थियो भने मूल्य ४० लाखभन्दा कम पर्ने बताउँदै आएको थियो ।

सार्वजनिक सिट्रोन ईसी३ शाइनमा लेदर स्टेरिङ ह्विल, रियर भ्यू क्यामेरा, इलेक्ट्रीकल ओआरभीएम, १५ इन्चको आकर्षक डायमण्ड कट एलोई ह्वील, फ्रन्ट र रियर स्कीड प्लेट, वाइपर र रियर डिफगर लगायत फिचरहरु थप गरिएको छ । थप गरीएका यि नयाँ सुविधाहरूले उत्कृष्ट ड्राइभिङ अनुभव गर्ने कम्पनीले जनाएको छ।

Untitled-3

नेपालका लागि कम्पनीले यसको मुल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ। फिचर थप भएसंगै यो कार फिल भेरिएन्टको तुलनामा जम्मा १ लाख रुपैयाँले मात्र महंगो परेको हो । कम्पनीले यसको फील भेरिएन्टलाई ३५ लाख र लाइभलाई ३३ लाख रुपैयाँमा बिक्री गर्दै आएको छ ।

सिट्रोन ईसी३ मा २९.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री तथा ४२ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो कारको ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३२० किलोमिटर रेन्ज पाउन सकिने कम्पनी दावी छ । यसको ब्याट्रीलाई डिसी फास्ट चार्जरको साहयताले ५७ मिनेटमै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । साथै यसमा पोर्टेवल चार्जिङ केवल समेत पाउन सकिन्छ ।

फ्रन्ट ह्विल ड्राइभ सिस्टम दिइएको यो कारको अधिकतम पावर ५७ पिएस र टर्क १४३ एनएम छ । यसैगरी, टप स्पिड १०७ किलोमिटर र ग्राउन्ड क्लिरियन्स १७० एमएम छ । यूरो एनक्यापको सेफ्टि टेष्टमा ४ स्टार रेटिङ पाउन सफल ईसी३ मा फ्रन्ट डुअल एयरब्याग, एबिएस र इबिडी लगायत अन्य धेरै सेफ्टि फिचर समेत पाउन सकिन्छ ।

उच्च प्रविधि र परिष्कृत सुविधाहरूले सुसज्जित सिट्रोन ई-सीथ्री शाइन कार पारखीहरूका लागि उपयुक्त विकल्प हुने कम्पनीको दाबी छ। यसले स्टाइल र फिचर दुवैलाई महत्व दिने बताइएको छ।

सिट्रोनको बारेमा संक्षिप्त जानकारी

सिट्रोन (Citroën)  प्रसिद्ध फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो जसको लेगसी १०३ वर्षभन्दा लामो छ । अटोमोटिभ उद्योगमा सिट्रोनले नवीनता, डिजाइनमा उत्कृष्टता र इन्जिनियरिङ क्षमताको प्रतीकको रूपमा स्थापित गरेको छ । फ्रान्समा स्थापित सिट्रोनले भारतमा निर्माण कार्यहरूसहित आफ्नो विश्वव्यापी उपस्थिति लाई विस्तार गरिरहेको छ ।

१९१९ देखि, सिट्रोनले सामाजिक परिवर्तनहरू रुपान्तरण गर्न सवारी साधन, प्रविधि, र यातायात समाधानहरू विकास गरेको छ । ग्राहककोअनुभवलाई प्राथमिकता दिँदै आइरहेको सिट्रोनले शहरी क्षेत्रका लागि डिजाइन गरिएका इलेक्ट्रिक मोबिलिटी AMI, साथै एसयूभी (SUV) सेडान (Sedan), र इलेक्ट्रिक तथा प्लग- इन हाइब्रिड पावरट्रेनहरू भएका व्यवसायिक सवारी साधनहरू सहित विभिन्न मोडेलहरू सार्वजनिक गरेको छ ।

व्यक्तिगत तथा व्यवसायिक ग्राहकहरूको प्रयोजनलाई ध्यानमा राखी बनाइएको अग्रणी ब्रान्ड, सिट्रोन १०१ देशहरूमा उपलब्ध  छ भने यसका विश्वब्यापी रुपमा ६२०० वटा बिक्री तथा सेवा नेटर्वहरु मार्फत आफ्नो सेवा प्रदान गररिहेको छ ।।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।