ताजा अपडेट »

दाङको स्वर्गद्वारी गुठी पीडितमाथि अश्रुग्याँस प्रहार, ४ जना घाइते

आइतबार, २० जेठ २०८१, ११ : ५३
132 Shares
आइतबार, २० जेठ २०८१
132 Shares

दाङ । स्वर्गद्वारी आश्रमको जग्गामा मोहि कायम भएका दाङका किसानहरुले मोहिकायम भएको जग्गाको माग गर्दै घोराहीमा रहेका मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेपछि भएको झडपमा परि केहि किसानहरु घाइते भएका छन् । दुवै कार्यालयमा तालाबन्दी गरेपछि ताला खोल्न गएको प्रहरीसँग प्रर्दशनकारी किसानको झडप भएको हो । 

प्रहरिले केहि सेल अश्रृ ग्याँस प्रहार गरेको र ४ जना किसानहरु घाइते भएको स्वर्गद्वारी गुठी पिडित सँघर्ष समितिले जनाएको छ । सरकारले पटकपटक आफुहरुसंग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दवाव स्वरुप तालाबन्दी गर्नु परेको गुठि पीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिनुभएको छ । स्वर्गद्वारी गुठि पीडित किसानहरुले दाङको घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा कार्यालय खुल्ने समयमा तालाबन्दी गरेका हुन् । 

तालाबन्दी भएका मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीहरुले घेरेका थिए भने आन्दोलनकारीलाई भगाउन प्रहरीले लाठी चार्ज तथा अश्रुग्यास प्रहार गरेको थियोे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।