ताजा अपडेट »

आईफोनमा लामो समय ब्याट्री टिकाउने तरीका

आइतबार, २० जेठ २०८१, ०९ : १५
118 Shares
आइतबार, २० जेठ २०८१
118 Shares

काठमाडौं । आईफोन विश्वब्यापी रुपमा सर्वधिक रुचाईएको प्रिमियम फोन हो ।  अन्य मोबाईल फोनहरका तुलनामा आफ्नो ब्राण्ड भ्यालु र प्रिमियम क्वालिटीका कारण आईफोन अरुभन्दा महगो हुन्छ । महगो फोन भईकन पनि कहीलेकाही हामीले प्रयोग गरीरहेका सफ्टवेयरका कारण पनि ब्याट्री छिटो सकिने समस्या झेल्नु पर्दछ ।

चाँडै ब्याट्री बिग्रनुका पछाडि विभिन्न कारणहरू छन् । तीमध्ये एक हो तापक्रम । चाहे धेरै चिसो मौसम होस् या उच्च गर्मी, यी दुवै अवस्थामा विद्युतीय साधनमा प्रयोग हुने ब्याट्री बिग्रन सक्छ । यसमा फोन छुट्ने कुरै भएन । कहिलेकाहीँ हार्डवेयरले मात्र नभएर सफ्टवेयरले समेत ब्याट्रीलाई ठूलो असर पारिरहेको हुन्छ । आउनुहोस आईफोनमा ब्याट्री टिकाउने १० तरिकाबारे जानी राखौं ।

१) फुल चार्ज गर्नु :

चार्जिङ साइकल कम गरेर ब्याट्रीलाई स्वस्थ राख्ने तरिका हो, ब्याट्री फुल चार्ज गर्नु । छोटो समयमा लगातार चार्ज गरिरहनु पनि हुँदैन । यसका साथै सकभर फोनको ब्याट्री २० प्रतिशतभन्दा तल झर्न नदिनु राम्रो मानिन्छ ।

२) अप्टिमाइज्ड ब्याट्री चार्जिङु फिचर अन गर्नु:

ब्याट्रीलाई अझ प्रभावकारी बनाउन एप्पलले विभिन्न इनबिल्ट फिचर राखेको छ । ती मध्येको एक हो, चार्जिङ अप्टिमाइजेसन फङ्सनालिटी । तपाईंले यो फिचर फोनको सेटिङभित्र फेला पार्न सक्नुहुन्छ । यसले ब्याट्रीको आयु लामो बनाउन सहयोग गर्छ । यो फिचर आईओएस १३ र यस पछाडिका भर्सनमा उपलब्ध छ । 

३) एपहरूलाई ब्याकग्राउन्डमा रिफ्रेस हुन नदिनु:

ब्याकग्राउन्डमा चल्ने एपका कारण मौसम तथा ईमेलबारे आईफोनले अपडेट देखाउँछ । तर यसले ब्याट्री सकाइरहेको छ । यो बन्द गर्न सेटिङ हुँदै जनरलमा जानुहोस् । त्यहाँ रहेको ब्याकग्राउन्ड एप रिफ्रेसमा ट्याप गर्नुहोस् र अफ अप्सनलाई छनौट गरी ब्याकग्राउन्डलाई समग्रमा बन्द गरिदिनुहोस् ।

४) म्यागसेफको सट्टा वायर्ड चार्जिङ गर्नु :

अधिकांश प्रिमियम फोनमा वायरलेस चार्जिङ हुन्छ । तर वायर्ड चार्जिङको तुलनामा यो प्रविधि अलि ढिलो र धेरै सुधार गर्न जरुरी छ । जसले गर्दा यस तरिकाबाट चार्ज गर्दा फोन तात्ने जस्ता समस्या देखिन्छ । यही कारण विकल्प नभएको बेला बाहेक म्यागसेफ प्रयोग नगरी वायर्ड चार्जिङ प्रयोग गर्नु राम्रो हुन्छ ।  

५) चार्ज गर्दा फोन प्रयोग नगर्नु:

सामान्य अवस्थामा पनि फोन चलाउँदा तातिने गर्छ । अझ चार्ज गरिरहेकै अवस्थामा फोन चलाउँदा तातिने गर्छ । यो बानीले ब्याट्रीलाई चाँडो बिगार्न सक्छ । यसकारण सकेसम्म चार्जिङ गर्दा तपाईंले फोन प्रयोग नगर्दा नै राम्रो हुन्छ ।

६) प्रतिकूल मौसममा चार्ज नगर्नु:

प्रतिकूल मौसममा पनि चल्न सक्ने गरी आईफोन डिजाइन गरिएको एप्पलले दाबी गर्ने गर्छ । तर तपाईंले अत्यधिक ठन्डा अथवा गर्मी मौसममा चार्ज नगर्दा राम्रो हुन्छ । किनकि यसले ब्याट्रीको स्वास्थ्यलाई प्रत्यक्ष असर पारिरहेको छ । उदाहरणका लागि, प्रत्यक्ष सूर्यको किरण पर्ने ठाउँमा चार्ज गर्नु र कोठा भित्रमा चार्ज गर्नुमा धेरै अन्तर हुन्छ ।

७) लो पावर मोडलाई इनेबल गर्नु:

नाम अनुसारको काम भने जसरी यो फिचरको काम फोनलाई सकेसम्म कम पावरमा चलाउनु हो । विशेष गरी लामो यात्रा गर्दा यो फिचर उपयोगी हुन्छ । अन्य अवस्थामा  तपाईंको आईफोनको ब्याट्री २० प्रतिशतभन्दा तल झर्छ, लो पावर मोडमा स्विच गर्न सक्नुहुन्छ ।यसका लागि नोटिफिकेसन समेत पाउनुहुन्छ । जसको आधारमा एउटा ट्यापमै लो पावर मोड इनेबल गर्न सकिन्छ । यसबाहेक तपाईंले सेटिङमा गएर म्यानुअल्ली मिलाउन पनि सक्नुहुन्छ । स्क्रिन तलतर्फ स्क्रोल गर्नुहोस् र ब्याट्रीमा ट्याप गर्नुहोस् । त्यसपछि लो पावर मोडको टोगल अन गरिदिनुहोस् ।

८) नोटिफिकेसन अफ गर्नु:

फोनमा कतिपय त्यस्ता एप राखिएको हुन्छ, जुन खासै प्रयोगमा आउँदैनन् । तर ती प्रयोग नभए पनि ब्याकग्राउन्डमा चलिरहेका हुन्छन् । अनि समय(समयमा नोटिफिकेसन पठाइरहेका हुन्छन् । यसकारण कुनै एपको अपडेट तपाईंलाई आवश्यक पर्दैन जस्तो लाग्छ भने तिनको नोटिफिकेसन अफ गर्न सक्नुहुन्छ ।

९) एडाप्टर तातिए चार्ज गर्न रोक्नु: 

चार्ज गरिरहेको समयमा अनावश्यक रूपमा फोन तातिन्छ भने केही समयलाई चार्ज गर्न बन्द गर्नु नै राम्रो मानिन्छ । सामान्य रूपमा बुझ्दा ताप भनेको ब्याट्रीको एक प्रकारको शत्रु नै हो । किनकी त्यसले ब्याट्रीको स्वास्थ्यलाई बिगार्ने मात्र नभइ कहिलेकाहीँ विष्फोट हुन समेत सक्छ । यसकारण सामान्य अवस्थाभन्दा बढी फोन तथा चार्जर तातिए चार्ज गर्न रोक्नु पर्छ ।

१०) आईओएस अपडेट गर्नु:

आईओएस अपेटमा नयाँ फिचरमात्र नभएर ब्याट्रीको स्वस्थ्यसँग सम्बन्धित नयाँ अपडेट आएको हुन्छ । यसकारण एप्पलले आईओएसको नयाँ भर्सन सार्वजनिक गरेसँगै तपाईंले पनि आईफोन अपडेट गर्नु राम्रो हुन्छ । यसका लागि सुरुमा आफ्नो आईफोन अथवा आईओएस डिभाइसको सेटिङमा जानुहोस् । जनरल अप्सनमा ट्याप गर्नुहोस् । अब सफ्टवेयर अपडेटमा थिच्नुहोस् र उपलब्ध अपडेट हेर्नुहोस् । फोन रिचार्ज गर्नुहोस् र आफ्नो आईफोन अपडेट गर्नुहोस् ।

यसका साथै तपाईंले आफ्नो आईफोनलाई कम्प्युटरमा जोडेर आईट्युन्सको पछिल्लो भर्सनको साथमा अपडेट गर्न पनि सक्नुहुन्छ । तपाईंले आईफोनको स्क्रिनको ब्राइटनेस घटाएर अनि वाई(फाई प्रयोग गरेर समेत ब्याट्री लाइफ जोगाउन सक्नुहुन्छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।