ताजा अपडेट »

टी २० विश्वकप : क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य

आइतबार, २० जेठ २०८१, ०८ : ४५
42 Shares
आइतबार, २० जेठ २०८१
42 Shares

काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेट २०२४ को पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको चुनौती दिएको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको क्यानडाले दुई ब्याट्सम्यानको अर्धशतकका साथ ५ विकेटको क्षतिमा १९४ रन बनाएको हो ।

क्यानडाका लागि ओपनर नवनीत धालिवालले ३६ बलमा ५० रन पुरा गरे । यो टी-२० विश्वकप २०२४ को पहिलो अर्धशतक हो । ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए । उनी कोरी एन्डरसनको बलमा जसदीप सिंहबाट क्याच आउट भए । क्यानडाका अर्का ब्याट्सम्यान निकोलस किर्टनले २९ बलमा अर्धशतक बनाए । उनले ५० रन पूरा गर्न तीन चौका र दुई छक्का प्रहार गरे। उनी ३१ बल खेल्दै ५१ रनमा आउट भए ।

क्यानडाका लागि आरोन जानसनले १६ बलमा २३ बनाउँदा श्रेयस मोव्वाले नटआउट १६ बलमा ३२ रन प्रहार गरे । अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान एकएक विकेट लिए । अमेरिकाले भर्खरै जवाफी ब्याटिङ सुरु गरेको छ । दोस्रो बलमै उसले पहिलो विकेट गुमाएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।