ताजा अपडेट »

केजरीवाल आज पुन: जेल जादै

आइतबार, २० जेठ २०८१, ०८ : ३७
98 Shares
आइतबार, २० जेठ २०८१
98 Shares

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज पुन: जेल जादै छन् । भारतको सर्वोच्च अदालतले दिएको अन्तरिम जमानतको समय आज सकिएसँगै आज उनले सरेन्डर गर्नुपर्ने भएको छ ।

यस अघि केजरीवालले आफ्नो स्वास्थ्य समस्या देखाउदै आफ्नो अन्तरिम जमानत ७ दिन बढाउन सर्वोच्चमा याचिका दायर गरेपनि सर्वोच्चले सो याचिका अस्वीकार गरेको थियो  केजरीवाल यस अघि मार्च २१ मा दिल्ली सरकारको मदिरा नीतिमा गरेको अनियमितताको आरोपमा पक्राउ परेका थिए ।

२० दिन जेल बाहिर रहेका केजरीवलले यस अवधिमा पार्टी र आफ्नो इन्डिया गठबन्धनका लागि देशभर चुनावी र्याली र सभालाई सम्बोधन गरेका थिए । भारतमा सात चरणमा भएको लोकसभाको निर्वाचन शनिबार सकिएको छ भने अब मंगलबार नतिजा सार्बजनिक हुने छ ।
 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।