ताजा अपडेट »

सल्यानमा कुखुराको मासु खाँदा ४ जना बिरामी

आइतबार, २० जेठ २०८१, ०७ : ४७
62 Shares
आइतबार, २० जेठ २०८१
62 Shares

दाङ । कुखुराको मासु खाँदा सल्यानमा चार जना बिरामी परेका छन्। एक परिवारका २ जना र छिमेकी २ जना गरी ४ जना बिरामी परेका हुन्। सल्यानको कपुरकोट गाउँपालिका ५ का राम बहादुर विकको घरमा शनिबार मासु खाएर चार जना बिरामी भएको प्रहरीले जानकारी दिएको छ।

मासु खाएर बेहोस अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो। बिहान कुखुराको मासु खाइसकेपछि उनीहरू बेहोस भएको  प्रहरीको भनाई छ। बिरामी भएका चारै जनाको तुल्सीपुरमा उपचार भइरहेको छ।

तुलसीपुरमा रहेको नागरिक केयर हस्पिटलमा उपचार भइरहेको र सबै जनाको स्वास्थ्य अवस्थामा सुधार आएको हस्पिटलका सञ्चालक सुरज ज्ञवालीले जानकारी दिए। अस्पतालका चिकित्सकले फुड प्वाइजनिङ भएको आशंका गरेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।