गुल्मी । जसले पालेका छन् लैना मात्रै २२ वटा भैसी । दैनिक झण्डै सय लिटर दुध उत्पादन गर्छन । ३० वर्ष बुटवल बसाई पछि गाउँ फर्केका धुर्कोट गाउँपालिका ६ सिस्तुङका मेघनाथ अर्यालयले चार सय मुरी धान स्यर्हाछन । बुटवलको घर छाडेर उनले त्यहाँ भन्दा अझ सुविधा सम्पन्न आकर्षक आलिशान महल गाउँमा बनाएका छन्। उनको घर र भैसी पालन पक्की गोठमा मात्रै एक एक करोड खर्च भई सकेको छ ।
गाई पाल्नेलाई गाई गोठालो भैसी पाल्नेलाई भैसी गोठालो भन्ने गरीन्छ पहाडमा । अर्याल एक भैसी गोठालो रातो रंगको चिल्लो कारमा सयल गरेर हिड्छ्न । उनलाई नपुग केहि छैन, आलिशान महलका मालिक हुन । सायौं रोपनी खेत बारीका जमिन्दार हुन । ठुलो परिवार पनि छैन । तर उनी आफुलाई आलिशान महल , चिल्लो कारका मालिक र जमिन्दार ठान्दैनन् । सामान्य किसान ठान्छन र कृषिलाई परम्परागत निर्बाहमुखी होईन, उद्योगका रुपमा बिकास गर्न अभ्यासरत छन ।
बैदेशिक रोजगारका लागि बिदेशिने अधिकांस युवाहरु भन्दा उनको सोच फरक छ । अरु बिदेश गयो कि शहर बजार तराई तिर घर घटेरी किन्छन । तर उनले कोरिया पुगेर कमाएको पैसाले पैतृक सम्पत्ती संग जोडिएको पचास मुरी धान फल्ने खेत किने । ३० बर्षसम्म बुटवल बस्दाको घर छाडेर कोरोना महामारीमा घर फर्के । विपद पर्दा आखिर गाउँ घर नै सुरक्षित रहेछ भन्ने कुराले उनलाई गाउँमै बस्न प्रेरित ग¥यो ।
त्यस पछि उनले पहिला बुटवलकै जस्तो पनाहखोला किनारमा सुविधा सम्पन्न घर बनाए करोड बढि खर्चेर । त्यस पछि सुरु गरे करोडौं लगानीमा भारतबाट ल्याईएको उन्नत जातको भैसी पालन । शनिबार बिश्व दुध दिवसको अवसरमा उनलाई भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले सदरमुकाम तम्घासमा अगुवा पशुपालकका रुपमा दुध दिबस बिशेष कार्यक्रममा बोलाएको थियो ।
सोही अवसरमा हामीले जिज्ञाषा राख्दा उनले भने 'भैसी गोठालो कार चढेर हिडछ पनि भन्छन होला तर मेरो यो सोक हो । भकारोमा गोबर सोत्र गर्छु सबै काम गर्छु , आखिर हिडन डुल्नलाई सबारी साधन त चाहियो नि यसर्थ एउटा कार र एउटा बाईक किनेको हुँ । रागाँ पाडा ५ वटा सात आठ वटा पाडीहरु र ३० वटा लैना भैसी छन । पाँच वटा भैसी ब्याउने भएका कारण अहले दैनिक ८० लिटर दुध उत्पादन हुन्छ भने असार पछि पाँच वटा भैसी ब्याए पछि दैनिक सय लिटर दुध हुने छ । उनले बजारकको कमी नभएको बताए । आफ्नो र लिजमा ल्याएको खेतबाट ४ सय मुरी धान र डेढ सय मुरी मकै गहुँ उत्पादन गर्ने गरेको उनले बताए ।
उनी जस्तै अर्का धुर्कोट गाउँपालिका ५ वस्तुका डिक्रीहेल्डर ब्यक्ति रबिन्द्र घिमिरे पनि २० औं बर्ष सम्म काठमाण्डौमा बसेर ध्यापन गराउने पेशा छाडेर गाउँ फर्कि भैसी पालन सुरु गरेका छन । उनले सामाजिक बिषयमा मास्टर डिग्री गरेर काठमाण्डौका स्कुल देखि क्याम्पस सम्म अध्यापन गराउँदै आएको अबस्थामा गाउँमै केहि गर्नु पर्छ भनेर फर्केको अहिले साना ठुला गरी २७ वटा भैसी पालेको दैनिक डेढ सय लिटर दुध उत्पादन गर्ने लक्ष्य लिएको बताए । अहिले उनले १० जनालाई प्रत्यक्ष रोजगारा दिन सफल भएको बताए ।
सुरुवात मलाई गाउँलेले पटमुर्ख नै बनाएर उल्लाउँथे तर अहिले उल्लाउन छाडेका छन उनले भने ।उच्च शिक्षा हाँसिल गरे पछि गुम्ने कुचीको जागिर वा विदेश मै जानु पर्छ भन्ने नेपालीहरुके मान्यताका कारण कृषि उत्पादन घटदै गरेको हुँदा आफुहरु अगुवाहरुले गाउँमै केहि गर्न सकिन्छ भन्ने सन्देश दिन आफुले चाहेको उनको भनाई छ ।
उता रिडीमा २०७१ सालदेखि गौरव डेरी उद्योग सञ्चालन गर्ने छत्रकोट गाउँपालिका ४ का रबिलाल पन्थ पनि दक्षिण कोरियामा पाँच बर्ष बसेर त्यहाँ कमाएको पैसाले गाउँमै कृषि क्रान्ति गरेर अब बिदेश होईन गाउँमै बस्नु पर्छ भन्ने प्रण गर्दै आएका युवा हुन । नभन्दै उहाँको कृषि क्रान्ति सफल पनि भएको छ । उनले अहिल दैनिक सात सय लिटर दुध आफुले रिडी बजारमा संकलन गरी विक्रि वितरण गर्दै अँएको बताए ।
गुल्मीमा ब्यवसासियक रुपमा पशुपालन र दुग्ध उद्योगमा स्थापित भएका यी तिन जना उदाहरणका पात्र मात्रै हुन । गुल्मीमा पछिल्लो चरण तमाम युवाहरु ब्यवसायिक पशुपालन, तरकारी खेतीमा लागेर फर्की आउ प्रदेशीको सन्देश दिदै आएका छन । फलस्वरुप गुल्मीमा गत बर्ष मात्रै तिन अर्ब बढिको कृषि उत्पादन भएको छ भने डेढ अर्ब बढि अन्य जिल्लामा निर्यात भएको सरकारी तथ्याङक सार्वजनिक भई सकेको छ ।
गुल्मीमा दुग्ध उत्पादन बढदो , परिकार घटदो
पहाडी जिल्लामा गुल्मी गाई भैसीको दुध उत्पादन बढदो भए पनि पछिल्लो विभिन्न परिकारमा दुधजन्य उत्पादन घटदो देखिएको छ । दुधमा गुल्मी जिल्ला आत्मानिर्भर भएको सरकारी तथ्याङकले देखाई रहँदा सदरमुकाम तम्घास लगातका मुख्य ब्यापारिक केन्द्रहरुमा दुधबाट उत्पादित मिठाई जन्य परिकारका पसलहरु शुन्य प्रायः बन्दै गएका छन ।
तम्घासका पुराना समाज सेवी ७४ बर्षीय नन्दराम भुसालका अनुसार २०३५ सालतिर एक जना देशी तम्घासको भिमचोकमा मिष्ठाठान पसल खोल्न आएका थिए । उनि आए लगत्तै २०५० को दशक सम्म तम्घासमा थुप्रै मिठाई पसलहरु थिए । त्यसका अलवा चोक चोकमा जेरीपुरी र कुरौनीका पसलहरु थिए । क्रमशः मिठाई र कुराउनीका पसलहरु बन्द हुँदै गए । मानिसहरु खाजाका रुपमा समोसा मोटर , चाउचाउ जस्ता जंङफुट तिर आकार्षित हुँदै गए ।
सदरमुकाम भित्र अहिले जम्मा तिन वटा मिठाई पसल छन । ब्यक्तिका विभिन्न खुशीयाली र उत्सवहरुमा पछिल्लो चरण बेकरी उद्योगका उत्पादनहरु तर्फ मानिसहरुको आकर्षण बढदो छ । विवाह , हर्ष बढाई जस्ता सिजन बाहेक मिठाई पसलको कारोवार पहिला जस्तो नहुने गरेको पसल सञ्चालकहरु बताउँछन ।
शनिबार बिश्व दुध दिवस भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द गुल्मीले जिल्ला कारणगारका कैदी बन्दीहरुलाई दुध र दुधबाट बनेका परिकार खुवाएर मनाएको छ । दिवस बिशेष कार्यक्रमको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उदघाटन गरेका थिए । सोही कार्यक्रममा पशु विज्ञ केन्द्र प्रमुख हुमकान्त पाण्डेले गुल्मी जिल्ला दुधमा आत्मानिर्भर भएको तथ्याङक सुनाएका हुन ।
त्यस्तै सो केन्द्रका डाक्टर नविना ढकालले मानिसहरुको जिवनलाई चाहिने सम्पुर्ण पौष्टिक आहारा भएकोले दुधमा भएकोले नियमित खानु पर्ने सल्लाह दिए ।
कार्यक्रममा अगुवा पशुपालकका रुपमा बोल्दै वस्तुका रबिन्द्र घिमिरेले कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारी र पशु विज्ञ कार्यालय प्रमुख हुमकान्त पाण्डेको कार्यकालमा कृषकहरुलाई निकै उत्साह थप्ने काम भएको भन्दै प्रशंसा गरेका थिए ।
पछिल्लो चरण मानिसहरु माछा मासु, जाँड रक्सीतिर बढि आकर्षित हुने हुँदा मासु र मदिाजन्य होटलहरु बृद्धि हुने दुध डेरी र मिठाई पसलहरु बन्द हुँदै गएको बिषयमा चिन्ता ब्यक्ता गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले स्वास्थ्यका लागि दुध र दुधबाट बनेका परिकारमा जोड दिनु पर्ने सुझाव दिए ।
गुल्मीमा ब्यबसायिक पशुपालन र दुध उत्पादनको सरुवात गर्ने नेकपा एमालेका पुराना नेता तथा बहुदल कालमा संघिय सांसद र त्यस यता पुर्व प्रदेश सांसद कमलराज श्रेष्ठको अगुवाईमा थानापतिका कृषकहरुले गरेका थिए ।
श्रेष्ठको अगुवाईमा त्यहाँका ९ जना किशानले २०६०/ ०६१ सालतिर भारतबाट उन्नत जातको राँगो र भैसी ल्याई सुरु गरेका थिए । दुध तथा दुग्ध उत्पादनको सेवन , दुग्ध ब्यवसायको प्रर्वद्धन दुध दिवस बिशेष कार्यक्रमको मुख्य आयोजन विज्ञ केन्द्र रहेको थियो भने सहआयोजक डेरी एशोसियन गुल्मी, लुम्बिनी दुग्ध वितरण केन्द्र बलेटक्सार र रिडीको गौरव दुग्ध डेरी उद्योग रहेको थियो । पशु विज्ञ केन्द्रका प्रमुख पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा डाक्टर ढकालको स्वागत मन्तब्य र सवईन्जिनियर टपेन्द्र बिष्टको सञ्चालन रहेको थियो ।
प्रतिक्रिया