ताजा अपडेट »

तिलोत्तमाको पूर्व सैनिक कृषि सहकारीमा अभिमुखिकरण

शनिबार, १९ जेठ २०८१, २० : ५६
82 Shares
शनिबार, १९ जेठ २०८१
82 Shares

तिलोत्तमा । पूर्वसैनिक कृषि सहकारी संस्था लि. तिलाेत्तमा नगरपालिका-७, भलवारीले आफ्ना सदस्यहरुलाई संस्था सञ्चालन र व्यवस्थापन समबन्धी ३ दिने अभिमुखिकरणको आयोजना गरेको छ । शनिबारदेखि सुरु कार्यक्रममा सञ्चालक, लेखा समिति, उपसमिति, सल्लाहकारहरु सहभागी भएका छन् । 

तालिममा सहकारी अभियन्ता दलबहादुर गुरुङ र बेनप्रसाद थापाले सहकारीका नीति-नियम, सिद्धान्त, व्यवहार, कार्यान्वन पक्षका साथै वर्तमान जटिलता र समाधानका उपायका बारेमा सहजीकरण गरेका छन् । साथै उनीहरुले सहकारी सञ्चालन र व्यवस्थापनका तत्व र आधारका विषयमा समेत सहजीकरण गरेका छन् । 

सहभागीहरुतर्फबाट गीता थापा, सुनिता थापा, सीता पुन, ईश्वरीप्रसाद पाण्डेय, कृष्णबहादुर पुन लगायतले तालिम प्रभावकारी रहेकाे र व्यवहारमा कार्यान्वयन गर्न आफूहरु गतिशील हुने प्रतिवद्वता जनाए । तालिमले सहकारीलाई प्रगतिन्मुख गराउन सजिलाे हुने सहभागीहरुकाे तर्क छ ।

आफ्नाे सहकारीले तालिमपछि कृषिसम्बधि याेजना निर्माण, तालिम, भ्रमण र गाेष्ठी सञ्चालन गर्ने साेच रहेकाे संस्थाका अध्यक्ष भीमबहादुर गुरुङले बताए। 
तालिम तीन दिनसम्म सञ्चालन हुने संस्थाका सचिव गिरिप्रसाद रानाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।