ताजा अपडेट »

'तीन तहका सरकारबीच सहकार्य भएमा शासन प्रक्रियामा सहजता'

शनिबार, १९ जेठ २०८१, २० : ३१
64 Shares
शनिबार, १९ जेठ २०८१
64 Shares

बुटवल । तीन तहका सरकारबीच सहकार्य भएमा शासन प्रक्रियामा सहजता हुने बुटवलमा आज आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । चाँदनी नेपालको सहकार्यमा सामाजिक परिवर्तन केन्द्रले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले शासकिय प्रक्रियामा द्वन्दको अवस्था आउन दिन नहुने उल्लेख गरे ।

Messenger_creation_966b9c61-aadf-4c72-9efe-16d8d2da5775

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले शासकिय प्रक्रियामा हुने विचारको द्वन्दलाई स्वभाविक रुपमा लिनुपर्ने उल्लेख गरे। उनले द्वन्दले मुटभेड र भिडन्त निम्ताउन नहुने बताए। संघिय शासन व्यवस्थालाई सकारात्मक लिनुपर्ने भन्दै तल्लो तहलाई  पनि अधिकार दिनुपर्ने उल्लेख गरे ।
प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले पछिल्लो समयमा दलहरु प्रति  वितृष्णा बढेको बताए।

नेताहरुको कम्जोरी र दलभित्र आन्तरिक लोकतन्त्र कम्जोर हुँदा सासकिय प्रक्रियामा चुनौति थपिने उल्लेख गरे । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सहसचिव राजेन्द्र थापाले नागरिकका गुनासा सम्बोधन गर्न सरकार प्रयासरत रहेको बताए।

Messenger_creation_54c4271b-98c9-415e-9549-4cd49c742029

बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले माथिल्ला सरकारका गतिविधिका कारण स्थानिय सरकार अफ्ठ्यारोमा पर्ने गरेको बताए । शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले स्थानिय सरकारलाई हस्तक्षेप हुन नहुने उल्लेख गरे।

कार्यक्रममा सामाजिक परिवर्तन केन्द्रका कार्यकारी निर्देशक डा. प्रकाश भटराई र सिनियर रिसर्चर श्रद्धा खड्काले कार्यपत्र प्रस्तुत गरे। चाँदनी नेपालका कार्यकारी निर्देशक भवानी प्रसाद पाण्डेको सहजिकरणमा भएको कार्यक्रममा उच्च अदालत बार इकाइका अध्यक्ष गोविन्द मरासिनी, बुटवल उपमहानगरकी पूर्व उपमेयर गोमादेवी आचार्य, सुमित्रा आचार्य लगायतले बोल्दै शासकिय द्वन्दका कारण तल्लो तहसम्म असर पर्ने बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।