ताजा अपडेट »

शान्ति समाजले मनायो स्थापना दिवस : मुलुकको बिकासका लागि राजनैतिक स्थिरतामा जोड

शनिबार, १९ जेठ २०८१, २० : १९
64 Shares
शनिबार, १९ जेठ २०८१
64 Shares

रुपन्देही । मानव अधिकार तथा शान्ति समाजको २८ औं स्थापना दिवश देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ । यसैबीच बुटवलमा समाजले स्थापना दिवशका अवसरमा ‘सुशासनका लागि नागरिक हस्तक्षेप आवश्यक’ विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सहभागिहरुले राजनैतिक दलहरु सत्ता स्वार्थमा लिप्त भएको र सुशासन स्थापना गर्न असफल रहेको भन्दै नागरिक समाजको भूमिका आवश्यक रहेको बताए । राजनैतिक अस्थिरका कारण मुलुकमा आर्थिक सामाजिक लगाएतका क्षेत्रमा बिभिन्न समस्याहरु उत्पन्न भएको बताएका छन् ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले राजनैतिक दल र नागरिक समाज एकताबद्ध भएर सुशासन कायम गर्ने संकल्पका साथ अघि बढेमा भ्रष्टाचार न्युनिकरण गर्न सकिने बताए । राज्यका बिभिन्न तहका हुने गरेका अनियमिता अन्त्य गरि सदाचार स्थापना गर्न नागरिक समाजको खवरदारी आवश्यक रहेको कुरामा जोड दिँदै नगर प्रमुख खाँणले मुलुकमा ब्यवस्था परिवर्तन गर्न एकता र सहकार्य गरेका राजनैतिक दल र नागरिक समाजले सहकार्यलाई थप अघि बढाउनु पर्ने आवश्यकता रहेको उल्लेख गरे ।   

मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार गोविन्द खनालले नेपालमा राजनैतिक परिवर्तनमा सहकार्य गरेका शक्ति बीच एकता नहुँदा सुशासन प्रवर्द्धनमा चुनौती थपिएको बताए । स्थापनाकालदेखिनै लोकतन्त्रको सवलीकरणमा जोड दिँदै आएको शान्ति समाजले सुशासन कायम गर्न भ्रष्टाचार र अनियमिताको अन्त्यका लागि अभियान संचालन गरिरहेको बताए । कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, प्रदेश चिकित्सक संघका अध्यक्ष डा.कृष्ण खरेल, पत्रकार महासंघ रुपन्देहीका सचिव बिनोद परियार लगायतले मुलुकमा राजनैतिक स्थिरताको अभाव हुँदा आर्थिक सामाजिक क्षेत्रमा समेत असर परेको बताए ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति प्रजापाल गिरी, नेकपा माओबादी केन्द्रका महेन्द्र भुसाल, नेकपा माओबादीका शरद ओली, नेकपा एमालेका मेघराघ घिमिरे, लगायतले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिलाउन सरकार असफल भएको भन्दै नागरिक समाजले हस्तक्षेपकारी भूमिका खेल्न आवश्यक रहेको चर्चा गरे ।   

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।