ताजा अपडेट »

प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा सिफारिस

शनिबार, १९ जेठ २०८१, १२ : २३
116 Shares
शनिबार, १९ जेठ २०८१
116 Shares

काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले चार जना एसपीहरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

एसएसपी बढुवा सिफारिसमा गण्डकी प्रदेश गण पोखरामा कार्यरत एसपी श्यामकृष्ण अधिकारी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रविन्द्र रेग्मी, कोशी प्रदेश प्रहरी गण विराटनगर मोरङमा कार्यरत भीमबहादुर दाहाल, बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशामा कार्यरत नान्तीराज गुरूङ रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।