ताजा अपडेट »

पेट्रोलियम पदार्थको मुल्य घट्यो, आज मध्येरातदेखि लागू हुने

शुक्रबार, १८ जेठ २०८१, २३ : ११
2.41K Shares
शुक्रबार, १८ जेठ २०८१
2.41K Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक एक रुपैयाँ घटाएको हो ।

निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ । मुल्य घटेपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ । भारतबाट आएको नयाँ मुल्यसूचीमा मूल्य घटेर आएपछि निगमले मुल्य घटाएको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।