ताजा अपडेट »

ब्रिटिस ओपन एसईई फुटसल टुर्नामेन्टको समुदघाटन

शुक्रबार, १८ जेठ २०८१, १६ : ४१
232 Shares
शुक्रबार, १८ जेठ २०८१
232 Shares

बुटवल । द ब्रिटिस कलेज काठमाडौँको व्यवस्थापनमा सञ्चालित रुपन्देहीको तिलोत्तमामा अवस्थित ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा ( नमस्ते एकेडेमीे ) यही जेठ १८ र १९ गते  २०८१ सालमा एसईई परीक्षामा सहभागी विद्याार्थीका बिचमा खुला फुटसल टुर्नामेन्टको एक भव्य समारोहका बिचमा समुदघाटन भएको छ ।

जिल्ला फूटबल संघ रुपन्देहीका अध्यक्ष तथा तिलोत्तमा नगर खेलकूद विकास समितिका  अध्यक्ष लोक पुन मगरले राष्ट्रिय रेफ्री कृति सेनलाई फुटसल बल हस्तान्तरण गरी कार्यक्रमको  समुदघाटन गरे । समुदघाटन समारोहमा बोल्दै प्रमुख अतिथि पुनले ब्रिटिस ग्रामर स्कुल रुपन्देही हरेक क्षेत्रमा रुपन्देहीको गहना भएकाले आफू व्यत्तिगत र संस्थागत रुपमा जुनसुकै किसिमको सहयोग गर्न प्रतिवध्द रहेको बताए।

मोफसलको एकमात्र क्याम्ब्रिज स्कुलका रुपमा सञ्चालन भई गत वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सत प्रतिशत नतिजा निकालेको यस विद्यालको  आप्mनै फुटसल ग्राउन्डमा यो टुर्नामेन्ट भइरहेको छ जसले गर्दा रुपन्देही , नवलपरासी ,कपिलवस्तु , पाल्पा , गुल्मीलगायतका जिल्लाबाट  विद्यालय ,इन्स्टिच्युट , क्लब र संघसंस्थाले आफ्ना एसईई दिएका विद्यार्थीहरुलाई समेटी  दुईदर्जन टिम दर्ता भइ टुर्नामेन्टमा सहभागी भएको अर्गनाइजर तथा कक्षा ११÷ १२ संयोजक महेस पौडेलले जानकारी दिए । 

विद्यार्थी, विद्यालय , संघसंस्था र क्लवहरुका विचमा आपसी सदभाव ,मेलमिलाप , परिचय , अनुशासन र खेल भावनाको विकास गर्ने तथा खेलाडी उत्पादनसमेत गर्ने लक्ष्यका साथ टुर्नामेन्ट आयोजना गरिएको हो । टुर्नामेन्टमा विजेता टिमलाई रु २५००० र उपविजेता टिमलाई रु १५०००  तथा  सहभागी एवम् विजेता विद्याार्थीका लागि सत प्रतिशतसम्म शैक्षिक छात्रवृत्तिको व्यवस्था गरिएको छ । बेस्ट गोलकिपर , हाइ स्कोरर ,उत्कृष्ट खेलाडीलाईसमेत पुरस्कारको व्यवस्था गरिएको र उदघाटन खेल एपल इन्स्टिच्युट बुटबल र सुनवल एफसी नवलपरासी बिच भएको खेलमा सुनवल एफसी विजय भएको  छ । खेलको सञ्चालन राष्ट्रिय रेफ्री कृति सेन र एन्फा रेफ्री विजय सिन्जालीले गर्ने  विद्यालयका फुटसलका प्रमुख प्रशिक्षक पुकार गहतराज र सहायक प्रशिक्षक निश्छल राना मगरले बताए । 

33333

 ब्रिटिस ग्रामर स्कुल रुपन्देही मोफसलमा नै अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर र सुविधा  दिने  लक्ष्यका साथ स्थापित संस्था हो । यसले विश्वको प्रतिष्ठित ब ेस्टन इन्टरनेश्नल  स्कुल क्याम्पस चाइनासँग साझेदारी गरी चाइना , जापान , सिंगापुर ,क्यानडामा विद्यार्थी आदान प्रदान कार्य प्रारम्भ गरेको छ । यसै वर्षको प्रारम्भमा नै यस विद्यालयका विद्यार्थी मलेसियामा भएको अन्तर्र्रााष्ट्रय कराँते च्याम्पियन सिपमा पदक जिती देशको नाम उच्च बनाउन सफल भएका छन भने प्राचार्य जिग्मे शेर्पा डेनमार्कको शैक्षिक भ्रमण सकेर फर्केका छन् । 

ब्रिटिस ग्रामर स्कुल रुपन्देहीले प्रथम पटक आयोजना गर्न लागेको टुर्नामेन्टमा विभिन्न संघसंस्थाले प्रायोजन गर्ने गरेका छन् । मुख्य प्रायोजकका रुपमा  ब्रिटिस कलेज ,प्रिन्टिङ एन्ड मिडिया पार्टनर ग्लोबल आवाज र सहयोगी संघसंस्थाका रुपमा इन्सुरेन्स पार्टनर एनएलजी इन्सुरेन्स, डिजिटल पेमेन्ट पार्टनर ईसेवा ,शैक्षिक पार्टनर वेस्ट्रन मिनिस्टर कलेज काठमाडौँ  र अफिसियल  पोसाक सौजन्य नसिब ग्रामेन्ट , तिलोत्तमा रहेको संस्थापक प्राचार्य  राजेन्द्र कुँवरले पत्रकारलाई बताए ।

शैक्षिक क्षेत्रमा विशेष पहिचान स्थापित गरेको यस विद्यालयमा अतिरिक्त कार्यकलाप अन्तर्गत कक्षा पिजीदेखि १२ सम्मका विद्यार्थीका लागि स्विमिङ्ख, फुटसल ,बास्केटबल , कराँते , क्रिकेट ,  आर्ट एन्ड क्राफ्ट , डान्स , म्युजिक क्लासको व्यवस्था गरिएको विद्यालयका म्यानेजर उमेश कँडेलले जानकारी दिए भने राष्ट्रियस्तरको गायन सो भ्वाइस अफ किड्सको छनौट चरण पार गरेका ८ जना विद्यार्थीमध्ये कक्षा चारकी अक्षता अग्रबाल र कक्षा ५ की नेइसा भुसाल मेघा राउन्ड चरणमा प्रवेश गरेको प्राचार्य जिग्मे शेर्पाले सगौरव बताए।

आज र भोलि दुई दिनसम्म चल्ने यस टुर्नामेन्टको समापन समारोह शनिबार लुम्बिनी प्रदेश खेलकूद विकाश समितिका सदस्य सचिव जय प्रकाश भट्टराईको प्रमुख आतिथ्यता र ब्रिटिस कलेजका निर्देशक महेन्द्र कँडेलको विशिष्ट आतिथ्यतामा हुने भएको छ ।

 

1111
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।