ताजा अपडेट »

भारतबाट ल्याइएको ३४०० किलो धान बरामद

शुक्रबार, १८ जेठ २०८१, १६ : २२
104 Shares
शुक्रबार, १८ जेठ २०८१
104 Shares

रौतहट । रौतहट प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको धान बरामद गरेको छ। बिहीबार बिहान प्रहरीले इशनाथ नगरपालिका-४ बाट ३४०० किलो धान बरामद गरेको हो।

राजपुर नगरपालिका-६ का ४२ वर्षीय अमर साहले भारतबाट भन्सार छलेर ल्याएको उक्त परिमाणको धान बरामद गरिएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताइन्। ७९० बोरामा रहेको उक्त धानको मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ रहेको गिरीले बताइन्।

धानसहित साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय बुझाइएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।