ताजा अपडेट »

नेपाल बुढानिलकण्ठ गएको विषय सहज रुपमा लिनु, सत्ता समीकरणमा समस्या छैन : प्रधानमन्त्री

शुक्रबार, १८ जेठ २०८१, १४ : ५२
64 Shares
शुक्रबार, १८ जेठ २०८१
64 Shares

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा सत्ता समीकरणमा कुनै समस्या नरहेको ब्रिफिङ गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् ।

बैठकमा उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुढानिलकण्ठ गएर कांग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी दलका नेताहरुसँग भेट गरेको विषयलाई स्वभाविक रुपमा लिन आग्रह गरेका थिए । साथै बैठकमा प्रचण्डले नेपाल बुढानिलकण्ठ जानु अघि आफुलाई जानकारी गराको बताउदै सत्ता समीकारण पाँच बर्ष नै टिक्ने दाबि गरेका थिए ।

बुधबार साँझ अध्यक्ष नेपालले कांग्रेस सभापति देउवासहित जसपा नेपाल र लोसपाका नेताहरुलाई भेटगर्दै मधेशमा सरकार बनाउने विषयमा छलफल गरेपछि सत्ता समीकरण तरंगित बनेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।