ताजा अपडेट »

तिनाउमा मनाइयो सामुदायिक वन उपभोक्ता महासंघको २९ औं स्थापना दिवस

शुक्रबार, १८ जेठ २०८१, १४ : ४०
162 Shares
शुक्रबार, १८ जेठ २०८१
162 Shares

तिनाउ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको २९ औं स्थापना दिवसको अवसरमा पाल्पाको तिनाउ गाउँपालिकामा विविध कार्यक्रमसहित मनाइएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रमका बोल्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले वनलाई जोगाउन उपभोक्ताहरु सचेत र संरक्षणका लागि गतिशील हुनुपर्नेमा जोड दिए ।  

वनलाई वहुप्रयोग गर्न सकिएमा वन डढेलो नियन्त्रण, जैविक मल निर्माण र वन उद्यम सञ्चालनका  लागि सहज हुने बताए । तिनाउ गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्न तयार रहेको बताए ।
वडा नम्बर ३ का अध्यक्ष चित्रबहादुर थापाले सामुदायिक वन उपभोक्ता महासंघ र सामुदायिक वन समन्वय समिति तिनाउले वन जोगाउन विशेष पहल रहेको बताए । सामुदायिक वन समन्वय समिति, तिनाउका अध्यक्ष दलबहादुर गुरुङले तिनाउमा आफ्नो संस्थाले वन, वातावरण र जैविक विविधता संरक्षणमा निरन्तर गतिशील रहेको बताए ।

कार्यक्रममा वन उपभोक्ता समूहका रोमबहादुर लम्तरी, सावित्रा पाण्डे, यमबहादुर थापा, लक्ष्मी श्रेष्ठ लगायतले वन, वातावरण विषयमा आआफ्ना विचार प्रस्तुत गरेका थिए । स्थापना दिवसका अवसरमा गरिव तथा विपन्न परिवारका बालबालिकालाई झोला तथा स्टेशनरी वितरण गरिएको थियो । सामुदायिक वन महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष कल्पना भण्डारीले दिवसमा आयोजित सो कार्यक्रमको अध्यक्षता गरेकी थिईन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।