ताजा अपडेट »

नेपालमा जारी पेट्रोलियम पदार्थ अन्वेषणमा कति भयो प्रगति ?

शुक्रबार, १८ जेठ २०८१, १३ : १२
376 Shares
शुक्रबार, १८ जेठ २०८१
376 Shares

दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौं कामदार एवं प्राविधिक जुटेका छन् ।

उत्खननका क्रममा २१८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ ४ हजार ५०० मिटरसम्म गरिने खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले जानकारी दिए ।

कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए ।

चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।