ताजा अपडेट »

अटो र मोटरसाइकल ठोक्किँदा २ युवाले गुमाए ज्यान

शुक्रबार, १८ जेठ २०८१, १० : २४
2.33K Shares
शुक्रबार, १८ जेठ २०८१
2.33K Shares

दाङ । दाङमा अटोरिक्सा र मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाईकल चालक बबई गाउँपालिका ४ निवासी ३० र्षीय राजेश भण्डारी र मोटरसाईलकमा सवार सोही ठाउँका ३१ र्षीय साकार केसीको मृत्यु भएको हो ।

विहीबार दिउँसो ४ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरुको नेपालगञ्जमा उपचारको क्रममा विहीबार राति ९ बजेतिर मृत्यु भएको हो । दाङ तुलसीपुर २ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र बिपरित दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाईकल एक आपसमा ठोक्किएका हुन् ।

उक्त दुर्घटनामा परि अटो चालक दाङ शान्तिनगर ७ खैरेनीका ४३ बर्षीय रुद्र बहादुर थापा घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ । कुमलगडीमा उक्त दुर्घटना भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।