ताजा अपडेट »

१५ वर्षीया किशोरीलाई बलात्कार गरेपछि १७ वर्षका किशोरलाई ८ वर्ष कैद

शुक्रबार, १८ जेठ २०८१, ०७ : ३२
130 Shares
शुक्रबार, १८ जेठ २०८१
130 Shares

सप्तरी । सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजविराजनगरपालिका १ पडरियाका १७ वर्षीय किशोरलाई आठ वर्षको कैद सजाय हने फैसला सुनाएको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलाशले रु ५० हजार रुपैयाँ किशोरीलाई क्षतिपूर्ति दिनुपर्ने रु ३६ हजार तीन सय ३३ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो।

विद्यालय पढ्न गएकी किशोरी ९परिवर्तित नाम(१६५०लाई विभिन्न प्रलोभन देखाइ ती किशोरले विसं २०७९ कात्तिक २ गते राजविराजस्थित राजदेवी होटलमा लगेर बलात्कार गरेका थिए। पीडितकी आमाले घटना लगत्तै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन। होटलमा दुवै जना बसेको प्रमाण फेला परेपछि सप्तरी प्रहरीले विसं २०८० असोज २४ गते पुनः उजुरी दर्ता गरेको थियो।

आरोपित किशोर विसं २०८० असोज २४ गते पक्राउ परेका थिए। जिल्ला अदालतमा विसं २०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जिव पोखरेलको इजलासले गत कात्तिक १४ गते किशोरलाई बाल सुधारगृह वीरगञ्ज पठाएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।