ताजा अपडेट »

निस्दीमा महिला अधिकार दिवस

विहीबार, १७ जेठ २०८१, २० : २८
58 Shares
विहीबार, १७ जेठ २०८१
58 Shares

पाल्पा । पूर्वीपाल्पाकाे निस्दी गाउँपालिकाले विविध कार्यक्रमसहित छैटाैं महिला अधिकार दिवस बुधवार मित्यालमा मनाएकाे छ । 

दिवसका प्रमुख अतिथि जिल्ला समन्वय समिति,पाल्पाकी उपप्रमुख काशिका गैरेले महिलाका आफ्ना हक,अधिकार सम्वाेधन र स्थापित भएकाे दिनकाे अवसरमा उक्त दिवस मनाउन थालिएकाे बताउँदै  महिला अधिकारलाइ स्थापित र संस्थागत गर्दै लैजानुपर्ने बताईन् । 

उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहेकी निस्दी गाउँपालिकाकी उपाध्यक्ष तिरनकुमारी श्रेष्ठले आफ्नाे पालिकाले महिलाहरुलाई सशक्तिकरण गर्दै अधिकार स्थापित गर्ने यात्रामा गतिशील रहेकाे सुनाईन् ।  साे दिवसका अवसरमा महिला हक,अधिकार,दायित्व र कर्तव्यका विषयमा अधिवक्ता मीना जीसीले सहजीकरण गरेकी थिईन् । साथै उनले  अधिकारकाे प्रयाेग र कर्तव्यप्रति जवाफदेही भएमा महिलाहरु सफल हुने उल्लेख गरेकी थिईन्  ।

कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल,१देखि ७ नम्बरसम्मका वडाध्यक्ष लगायत महिला अधिकारकर्मीहरुकाे बाक्लाे उपस्थिति रहेकाे कार्यक्रममा स्नातकोत्तर गर्ने निस्दीका तीनजना महिला,७ वटा वडाका सफल महिला उद्यमी, २० वर्ष पुगेका र १२ उत्तीर्ण विवाहित महिलाहरुलाई पालिकाले सम्मान गरेकाे कार्यपालिका सदस्य हेमकुमारी सुनारीले जानकारी दिईन् । 
कार्यक्रममा महिला अधिकारसम्बन्धी सांस्कृतिक कार्यक्रम र बालविवाह विरुद्वकाे  प्रहसन देखाईएकाे थियाे । 

दिवसका अवसरमा आयाेजित उक्त कार्यक्रममा पालिकाका प्रवक्ता मेखबहादुर सुनारीले स्वागत,महिला विकास शाखा प्रमुख बन्दना गुप्ताकाे सञ्चालन  र महिला समन्वय समिति,निस्दीकी अध्यक्ष  तिर्सना खन्गाहाकाे अध्यक्षतामा दिवस सम्पन्न भएकाे थियाे ।Messenger_creation_ad638c90-2cb4-4998-90b3-1376a6bd2569

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।