ताजा अपडेट »

अत्याधिक गर्मी बढेपछि तिलोत्तमाले विद्यालयलाई दियो असार १४ गतेसम्म विदा

विहीबार, १७ जेठ २०८१, १६ : २३
364 Shares
विहीबार, १७ जेठ २०८१
364 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अत्याधिक गर्मी बढेपछि विद्यालयलाई असार १४ गतेसम्म विदा दिएको छ ।

नगरप्रमुख रामकृष्ण खाँणले विहीबार एक विज्ञप्ति जारी गरी अत्याधिक गर्मीका कारण पठनपाठन संचालन गर्न समस्या भएकाले शुक्रबारदेखि असार १४ गतेसम्म विदा दिएको बताएका हुन् ।

‘तिलोत्तमा नगरपालिकाको मिति २०८१/०३/१४ गतेको नगरप्रमुख स्तरीय निर्णयानुसार केही दिनदेखि बढ्दै गएको अत्याधिक गर्मीका कारण विद्यार्थीहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएको हुँदा विद्यालयमा सहज पठनपाठन गर्न समस्या भएकाले मिति २०८१/२/१८ गतेदेखि २०८१/०३/१४ गतेसम्म वार्षिक विदाबाट मिलान हुने गरी नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने व्यहोरा सम्बन्धीत सबैमा जानकारी गराइन्छ ।’–सूचनामा भनिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।