ताजा अपडेट »

हङकङको अदालतले प्रजातन्त्र समर्थक १४ कार्यकर्तालाई दोषी ठहर, आजीवन काराबास हुनसक्ने

विहीबार, १७ जेठ २०८१, ११ : २५
32 Shares
विहीबार, १७ जेठ २०८१
32 Shares

 

काठमाडौँ । हङकङको अदालतले १४ जना प्रजातन्त्र समर्थक कार्यकर्तालाई दोषी ठहर गरेको छ । यो निर्णय चीनले बनाएको कानुनको आधारमा दिएको हो, जसले यहाँको विरोधको आवाजलाई पूर्ण रूपमा मेटाएको छ ।

दोषी ठहर भएकामा पूर्व सांसदहरू लिउङ क्वोक–हङ, लाम चेउक–टिङ, हेलेना वङ र रेमण्ड चान रहेका छन् । यो मुद्दा सरकारले छानेको तीन न्यायाधीशको इजलासले सुनुवाइ गरिरहेको थियो । यी न्यायाधीशहरूको प्यानलले यस मुद्दामा पूर्व जिल्ला काउन्सिलर ली यु-शुन र लरेन्स लाउलाई सफाइ दिएको छ।

यस मामिलामा दोषी ठहर भएका १४ जनालाई आजीवन कारावासको सजाय हुनसक्छ ।

दोषी ठहरिएका १४ जनामा गोर्डन एनजी, ट्याट चेङ, क्लेरिस येउङ, माइकल पाङ, क्याल्भिन हो, हेलेना वोङ, सेज टक-लोय, ग्वेनेथ हो, रेमण्ड चान, ओवेन चाउ, लाम चेउक-टिंग, लेउंग क्वोक-हंग, रिकी ओर र विनी यु रहेका छन् ।

२०२१ मा भएको अनौपचारिक प्राथमिक निर्वाचनमा भाग लिएको आरोपमा मुद्दा चलाइएका ४७ प्रजातन्त्र समर्थकहरूमध्ये यी १४ जना थिए । अभियोजन पक्षले यी व्यक्तिहरूले हङकङ सरकारलाई पतन गर्न खोजेको आरोप लगाएका छन् ।

सन् २०१९ मा ठूला सरकार विरोधी आन्दोलनपछि राजनीतिक प्रतिपक्षलाई दबाउन सुरक्षा ऐनलाई कसरी प्रयोग गरिँदैछ भन्ने कुरा यस घटनाले देखाएको यस मुद्दालाई नजिकबाट पछ्याउनेहरू बताउँछन् ।

योसँगै चीन र हङकङका सरकारहरूले भने यो कानुनको सहायताले सरकारमा स्थायित्व आएको र न्यायिक स्वतन्त्रता पनि सुरक्षित भएको बताउँछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।