ताजा अपडेट »

बालेनलाई सडक डिभिजन काडमाण्डौंको २ दिने अल्टिमेटम,न्यूरुरोडमा काटेको सडक जस्ताको तस्तै नबनाए कारबाही गरीने

विहीबार, १७ जेठ २०८१, ०७ : ११
170 Shares
विहीबार, १७ जेठ २०८१
170 Shares

काठमाडौं । सडक डिभिजन कार्यालयले काठमाडौं महानगरपलिकाले भत्काएको न्यूरोड स्थीत सडक दुई दिनभित्र पुनःस्थापन गर्न काठमाडौं महानगरपालिकालाई अल्टिमेटम दिएको छ । सडक डिभजिनका प्रमुख ई. नारायणदत्त भण्डारीले काठमाडौं महानगरपालिकालाई पत्राचार गर्दै सो अल्टिमेटम दिएका हुन् ।

सडक डिभिजन कार्यालयको क्षेत्राधिकार भित्र रहेको न्यूरोडको सडकमा फुटपाथ बढाउने उदेश्यले महानगरले काम अगाडी बडाएको थियो । न्यूरोडको सडका पार्किङ खाली गराएपछि सडक साँघुरो पार्ने र फुटपाथ ठुलो बनाउने महानगरको योजना छ । केही दिनअघि सडक डिभिजन कार्यलयले महानगरको सडक काट्ने हस्तक्षेप गरेपछि दुई निकाय टकरावमा छन् ।

Artboard 1

सडक डिभिजन कार्यालयले पठाएको पत्रमा गत जेठ १२ गते विना सहमति न्यूरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा महानगरले सडक खन्ने तथा भत्काउने काम गरेको उल्लेख छ । उक्त कार्य सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को बर्खिलाफ हुने भएकाले तत्काल रोकी सडक यथास्थितिमा पुनःस्थापना गर्न १३ गते अनुरोध गरिए पनि हालसम्म नभएको जनाइएको छ ।‘

नेपालको प्रचलित कानूनभन्दा ठूलो कोही नहुने र प्रचलित कानून अक्षरसः पालना गर्नुपर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा महानगरपालिकालाई विदितै छ’, पत्रमा भनिएको छ, ‘तसर्थ, तहाँबाट भत्काइएको सडक खण्ड २ दिनभित्र पुनःस्थापन गरिदिनुहुन अनुरोध छ । अन्यथा सार्वजनिक सडक ऐन २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने व्यहोरासमेत अनुरोध छ ।’  पत्रमा भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।