ताजा अपडेट »

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डे नियुक्त हुँदै

बुधबार, १६ जेठ २०८१, ११ : २५
84 Shares
बुधबार, १६ जेठ २०८१
84 Shares

कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे आज नियुक्त हुँदैछन् । सर्वोच्च अदालतको आदेशअनुसार सोमबार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीमा उनको नियुक्तिलाई सर्वोच्चल बदर गरिदिएको हो ।

४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुखका नाममा सर्वोच्चले परमादेशको आदेश जारी गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।