ताजा अपडेट »

रुपन्देहीका ५ पत्रकार पुरस्कृत

मंगलबार, १५ जेठ २०८१, १७ : ५६
104 Shares
मंगलबार, १५ जेठ २०८१
104 Shares

बुटवल । रुपन्देहीलाई कमथलो बनाई पत्रकारिता गर्ने ५ जना पत्रकारहरु सम्मानित तथा पुरस्कृत भएका छन् । पत्रकार लक्ष्मण पौडेल, तेजेन्द्र केसी, भगवती पाण्डे, कृष्ण खनाल र अम्बिका दर्जी सम्मानित भएका हुन् । 

पुरस्कार नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल उपमहानगरपालिको सहयोगमा भएको स्थानीय सरकारका असल अभ्यास र सुशासनका सवाल विषयक पत्रकारिता तालिममा सम्मान कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डे र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाखरेलले पदान गरेका हुन् ।

नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल उपमहानगरपालिकाद्वारा स्थापित एक लाख रुपियाँ राशीको उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार लक्ष्मण पौडेलले पाएका छन् ।  नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष एवं सल्लाहकार शेरबहादुर केसी संयोजक रहेको मूल्यांकन समितिले पौडेललाई पुरस्कृत गर्न सिफारिश गरे बमोजिम महासंघले उक्त पुरस्कार प्रदान गरेको हो ।

यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा बुटवल उपमहानगरपालिकाले नै स्थापना गरेको सूर्यप्रसाद प्रधान स्मृती पत्रकारिता पुरस्कारबाट तेजेन्द्र केसी र भगवती पाण्डे पुरस्कृत भएका छन् । जनही ५० हजार राशीको उक्त पुरस्कारबाट खुल्लातर्फ रातोपाटी अनलाईनका तेजेन्द्र केसी र महिलातर्फ सेतोपाटीकी भगवती पाण्डे पुरस्कृत भएका हुन् । खिमानन्द भट्टराई संयोजक रहेको मूल्यांकन समितिले गरेको सिफारिस बमोजिम उनीलाई पुरस्कार प्रदान गरिएको हो । यस्तै उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृतबाट कृष्ण खनाल र २०७९ बाट अम्बिका दर्जी पुरस्कृत भएकी हुन् ।    बुटवल पब्लिक स्कुलले नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा उक्त पुरस्कार स्थापना गरेको हो ।

श्यामलाल पोख्रेल संयोजक रहेको मूल्यांकन समितिको निर्णय बमोजिम पत्रकार खनाल र दर्जीलाई पुरस्कृत गरिएको हो । पुरस्कार प्रदान गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पत्रकार र मिडियाको क्षेत्रमा उपमहानगरपालिकाले लगानी बढाएको भन्दै पत्रकारिताको विकासका लागि योजनाबद्ध रुपमा काम गर्न तयार रहेको बताए ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले उपमहानगरपालिकाले रुपन्देहीमै ठूलो धनराशीको पुरस्कार स्थापना गरी महासंघसँग सहकार्य गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा यस्ता सिर्जनात्मक कार्यमा थप सहकार्य गर्ने बताए । उत्कृष्ट पुरस्कारु मूल्यांकन समितिका संयोजक शेरबहादुर केसीले पत्रकारलाई खोजमूलक समाचार र लेखनमा थप प्रतिवद्ध बनाउन यस्ता पुरस्कारले प्रेरणा प्रदान गर्ने बताए ।

कार्यक्रममा सूर्यप्रसाद प्रधान स्मृती पत्रकारिता पुरस्कार मूल्यांकन समितिका संयोजक खिमानन्द भट्टराई, वरिष्ठ पत्रकार एवं बाह्रखरीका प्रधानसम्पादक प्रतिक प्रधान, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, सचिव विनोद परियारलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।