ताजा अपडेट »
२०८१/८२ को बजेट

कृषिमा लगानी दशकको घोषणा

मंगलबार, १५ जेठ २०८१, १५ : ३६
44 Shares
मंगलबार, १५ जेठ २०८१
44 Shares

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्ष' घोषणा गरेका छन् । 

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्ष घोषणा गरेका हुन् ।

उनले सरकारी र निजी जग्गालाई स्थानीय तहमा सूचीबद्ध गरेर खेतीयोग्य जमिन बनाउने घोषणा गरेका छन् ।

कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउदै प्रधानमन्त्री कृषि आधुनिकरणका लागि २ अर्ब ९८ करोड बजेट बिनियोजन गरेको बताएका छन् ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।