ताजा अपडेट »

विपक्षी दलहरुको बैठक बस्दै

मंगलबार, १५ जेठ २०८१, ०८ : २३
94 Shares
मंगलबार, १५ जेठ २०८१
94 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन् । आज बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बस्ने गरि सभापति देउवाले प्रतिपक्षी दलहरुको बैठक बोलाएका हुन् । 

आज अपराहन्न १ बजे आगामी आर्थिक वर्षको बजेट ल्याउने कार्यसूची रहेकोले विपक्षी दलहरुको रणनीति तय गर्न बैठक बोलाइएको बताइएको छ ।  संबिधानमा नै हरेक बर्ष जेठ १५ गते बजेट ल्याउने प्रावधान राखिएको छ । 

सहकारी ठगि प्रकरणको छानबिनको विषयमा सहमति हुन नसकेपछि संसदको अवरोध कायम रहेको छ । यस बैठकमा विपक्षी दलहरुले बजेटको दिन कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।