ताजा अपडेट »

कैलाश सिरोहियालाई अदालत लगिदै

सोमबार, १४ जेठ २०८१, ११ : ३१
164 Shares
सोमबार, १४ जेठ २०८१
164 Shares

काठमाडौं  । कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिँदैछ ।

धनुषास्थित निजि अस्पतालमा भर्ना भएर बसेका सिरोहिया ७ दिनअघि नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।

स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो ।

गत मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर ल्याइएको थियो । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।